ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठूलो परिमाणमा अवैध सुनचाँदीसहित एक युवक पक्राउ


admin
६ पुस २०७६, आइतबार   १ : २०   बजे

सिरहा,६ पुस । ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो ।

भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज२प ६४२२ नंको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई राखिएको सुनचाँदीका गहना बरामद भएपछि रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेका रायको साथबाट हातमा लगाउने सुनको बाला दुई, मङ्गलसूत्र ठूलो–सानो गरी चार, नथी सिक्रीसहितको एक, कानमा लगाउने बाली दुई, टप दुई, झुम्का बाला टीका एक थान र चाँदीको पाउजु पाँच, हातमा लगाउने पञ्जा एक जोडी, ब्रासलेट एक थान, खुट्टामा लगाउने बिच्छी तीन थान, औँठी एक थान र बच्चाले लगाउने बलिया तीन थान बरामद भएको प्रवक्ता बोहराले बताउनुभयो । पक्राउ परेका रायमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अवैध कुखुराको चल्ला नष्ट

प्रहरीको टोलीले सिरहा नगरपालिका–१९ जोगियाटोलबाट ४३ कार्टुन अवैध चल्ला बरामद गरेको छ । प्रहरी चौकी सन्हैठा सिरहाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालमा भित्र्याइएको उक्त अवैध चल्ला बरामद गरेको हो । बरामद भएका करिब रु एक लाख मूल्य बराबरको चल्ला स्थानीय प्रतिनिधिको रोहवरमा आज बिहान नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group