ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारा गाउँपालिकाका अध्यक्ष प्रहरीद्धारा पक्राउ, दैलेखमा विप्लव समुहबाट अपहरण : हेलिकप्टर परिचालन गर्ने तयारी


एबीसी न्यूज
६ पुस २०७६, आइतबार   १ : २३   बजे

काठमाडौं, ६ पुस । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल पक्राउ परेका छन् । सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष पाललाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो । पाललाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यता नेकपा विप्लव समुहबाट अपहरणमा दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको खोजी कार्य तीब्र बनाईएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अपहरित अध्यक्षको खोजी कार्य तीब्र बनाएका हुन्।सम्भावित स्थानमा खोजी गर्न नेपाल प्रहरी दैलेखका डिएसपी हरीबहादुर ओली र सशस्त्र प्रहरी दैलेखका जीवन भट्टराई त्यस तर्फ गएका छन्।

आवश्यक उद्धारका लागि हेलिकप्टर समेत तयारी अवस्था राखिएको छ। सुरक्षा संवेदशनशिलतालाई मध्यनजर गर्दै घटनास्थल तर्फ पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको हो।

सुरक्षाकर्मीहरु दैलेख कालिकोट सीमा नजिक पुगेपनि अहिलेसम्म अध्यक्ष शाहीको अवस्था पत्ता लाग्न सकेको छैन।

जिल्लाबाट थप प्रहरी पुग्न लामो समय लाग्ने भएकाले केही दिनदेखी गाउँमै गस्तिमा रहेको नेपाल प्रहरी र सशत्र प्रहरी स्थानीय प्रहरी चौकीहरुबाट प्रहरी परिचालन भएको छ। दैलेख, कालिकोट र अछामबाट प्रहरी टोली खटिएको भएपनि अपहरण गरेर लगेको ठाउँबारे अँझै प्रहरी अनविज्ञ छ। विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले दैलेखबाट अपहरण गरेका गाउँपालिका दम्पतीमध्ये इला शाही सम्पर्कमा आउनुभएको छ ।

इलाले कालीकोटबाट फोन गरेको तर उहाँले आफूलाई नेकपाले नछोडेको बताउनुभएको आफन्तले बताएका छन् । उहाँले आफू कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा रहेको पनि जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group