ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिक संरचनामा धराशायी बन्दै जानकी आँखा अस्पताल (भिडियोसहित)


एबीसी न्यूज
९ पुस २०७६, बुधबार   १२ : २०   बजे

जनकपुर , ९ पुस ।  जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा व्यवस्थापन पक्षको कमजोरी तथा आन्तरिक किचलोका कारण उपचारमा आउने बिरामीको संख्यामा कमी आएको छ । अस्पतालको ब्यवस्थापन पक्षमा देखिएको खिचातानीको प्रत्यक्ष असर बिरामीमा देखिएको छ ।
अस्पतालका यन्त्र, भौतिक संरचनादेखि व्यवस्थापकीय दृष्टिकोणले धारासायी हुँदै गईरहेको बेला अस्पताल परिसर बाहिर चश्मा तथा औषधीका व्यवसायीहरु जानकी आँखा अस्पताल सुधार संघर्ष समिति गठन गरेर आन्दोलित बनेका छन् ।

संघर्ष समितिले अस्पतालमा दक्ष मेडिकल डाइरेक्टर नभएकै कारण अस्पताल दिन प्रतिदिन धारासायी बन्दै गएको आरोप लगाएको छ । समितिका अध्यक्ष श्यामसुन्दर झाले जानकी आखाँ अस्पतालको मेडिकल डाइरेक्टर एमडी हुनुपर्ने प्रावधान रहेपनि डिप्लोमा मात्रै योग्यता रहेका हेमशंकर झा आफ्नो सोर्सको आधारमा कयौं वर्षदेखि मेडिकल डाइरेक्टर पोस्टमा रहँदै आएको आरोप लगाए ।

यता, मेडिकल डाइरेक्टर झाले आफूमाथि संघर्ष समितिले लगाएको सम्पूर्ण आरोपहरु निराधार रहेको बताउ“छन् । उनले आफू मेडिकल डाइरेक्टर बन्नका लागि पैरवी नगरेको बरु व्यवस्थापन समितिले नै पटक पटक आफूलाई आग्रह गरेको र आफू कन्ट्रयाक्टको आधारमा अस्पताललाई सेवा प्रदान गर्दै आएको प्रतिक्रिया दिए ।

अस्पताल प्रशासनले बिरामी जाँच गराउनका लागि आउनेहरुको क्रम नघटेको दावी गर्छ । जानकी आँखा अस्पतालका कायम मुकायम प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद सिंहले अस्पतालमा दैनिक ५ देखि ६ सयसम्म बिरामीहरुले सेवा लिदै आएको जानकारी दिए ।

जानकी आँखा अस्पतालमा नेपाली मात्र होइन कयौं भारतिय बिरामीहरु पनि आ“खा जाँच गराउन आउने गरेका छन् । सन् १९८२ मा स्थापना भएको यस अस्पतालमा अहिले सम्ममा २१ लाख ७४ हजार ६ सय ५ बिरामीले सेवा लिई सकेका छन् । जसमध्ये २० लाख ३ हजार १ सय ६८ जनाले ओपिडी र १ लाख ७१ हजार ४ सय ३७ जनाले शल्यक्रिया गराएइ सकेका छन् । सन् २०१७ मा १ लाख १३ हजार ३ सय २३ जना, सन २०१८ मा १ लाख २२ हजार ३ सय ९७ र सन २०१९ मा १ लाख १४ हजार ४ सय ८० जनाले सेवा लिएका छन् । संघर्ष समितिका अध्यक्ष झाका अनुसार अस्पतालमै अब्थालमिक एसिस्टेण्ट रहेका चिकित्सकहरुले नै अस्पतालकै नाउँमा निजि क्लिनक संचालन गर्दै आईरहेको आरोप लगाउ“छन् ।

उनीहरुले आफ्नो निजि क्लिनीकमा समेत आँखा अस्पतालकै लेटर प्याडको प्रयोग गर्दै आईरहेको उनको आरोप छ । यस आरोपलाई सहजै स्वीकार गर्दै मेडिकल डाइरेक्टर झाले समस्या समाधानका लागि छिटै पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । जानकी आ“खा अस्पतालले आपप्ना ब्यवस्थापकिय कमजोरीलाई सच्चाएर बिरामीलाई सेवा दिन भने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हाकु क्षेत्रमा ६५–७० जना बेपत्ता, राहत पुर्‍याउनसमेत कठिन

भोटेकोसी बाढीबारे सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको ब्रिफिङ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu