ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्नेमा राष्ट्रपतिको जोड


admin
९ पुस २०७६, बुधबार   ४ : ३४   बजे

 

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय हितलाई सर्वोपरी राखी मित्रराष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध विकास र विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाल पूर्वराजदूत सङ्घद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘ज्येष्ठ पूर्वराजदूत सम्मान समारोह’मा उहाँले नेपालको भूराजनीतिक अवस्था र आर्थिक विकासका चाहनालाई ध्यानमा राखी परराष्ट्र सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो परराष्ट्र नीतिको मूल मर्म भनेको सबैसँग मित्रता हो, हामी विश्वलाई नै मित्रताको सम्बन्धमा गाँस्नुपर्ने लक्ष्य लिएर हिँडिरहेका छौँ”, उहाँले भन्नुभयो । कूटनीतिक माध्यमद्वारा देशको गरिमा र प्रतिष्ठा सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका वरिष्ठ पूर्वराजदूतको योगदानको राज्यले सधैँ स्मरण गरिरहने बताउँदै उहाँले विभिन्न चुनौतीका बीच मुलुकको शिर उँचो राख्न पूर्वराजदूतले प्राप्त गरेको सफलता नेपालको इतिहासको उज्ज्वल पक्ष हो भन्नुभयो । राष्ट्रपति भण्डारीले समारोहमा ज्येष्ठ पूर्वराजदूत योगप्रसाद उपाध्याय, सूर्यप्रसाद श्रेष्ठ, कमल कोइराला र प्रा डा मोहन लोहनीलाई सङ्घका तर्फबाट सम्मान गर्नुभयो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको राजनीतिक सङ्क्रमणका समयमा मुलुकको छविलाई माथि बढाउन र सम्बन्ध प्रगाढ तुल्याउन पूर्वराजदूतबाट महत्वपूर्ण भूमिका निर्वाह भएकामा सन्तोष व्यक्त गर्नुभयो ।

नेपालजस्तो मुलुकका लागि आफ्नो अस्तित्व, विकास र हितको प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यम भनेकै सफल कूटनीति भएको बताउँदै उहाँले नेपालको सामथ्र्य भनेकै आफ्ना मित्रसँग सन्तुलित सम्बन्ध विकास गरेर हित प्रवद्र्धन गर्नु हो भन्नुभयो । पराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “हाम्रो जस्तो देशका लागि कूटनीतिक विकास महत्वपूर्ण साधनका रुपमा रहेको छ, त्यसमा राजदूतको भूमिका सर्वोपरी हुन्छ । मुलुकको परराष्ट्रनीति मात्रै सही भएर हँुदैन, त्यसलाई सञ्चालन गर्ने राजदूत र मन्त्रालयको संयन्त्र कस्तो छ, भन्ने कुराले तय गर्छ ।”

सम्मानित पूर्वराजदूत श्रेष्ठले परराष्ट्र सेवाबाट नियुक्त व्यक्ति मात्र कूटनीतिज्ञ हुन् भन्ने खालको मन्त्रालयको बुझाइलाई सच्याउन सुझाव दिँदै खटाइएका राजदूतको योगदानको मूल्याङ्कन गर्ने संयन्त्रको आवश्यकतामा जोड दिनुभयो । नेपाल पूर्वराजदूत सङ्घका अध्यक्ष डा शम्भुराम सिङ्खडाले नेपालजस्ता साना मुलुकले कूटनीतिक चलाखीबाट आफ्नो स्वार्थ र राष्ट्रिय हितलाई सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो । पूर्वराजदूत उपाध्याय संयुक्त राज्य अमेरिका, श्रेष्ठ बेलायत, कोइराला दक्षिण कोरिया र प्रा डा लोहनी बङ्गलादेशमा नेपाली राजदूतका रुपमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group