ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालसँग परराष्ट्र सम्बन्धका लागि सामर्थ भनेको कुटनीतिक कुशलता मात्रै (भिडियोसहित)


admin
१० पुस २०७६, बिहिबार   २ : ०९   बजे

काठमाडौं, १० पुस । हालसम्म १ सय ६८ विदेशी राष्ट्रहरुस“ग नेपालको दौत्य सम्बन्ध कायम भईसकेको अवस्था छ । र, भारत र चीनसंगको सम्बन्ध पनि दुई ढुंगाको तरुल नभै बहुआयामिक छ । तर, विकसित र समुन्नत राष्ट्रहरुको तुलनामा नेपाल जस्ता देशमा फराकिलो र मजबुत परराष्ट्र तथा कुटनीतिक नीतिको अभाव खड्किएको छ । अर्थतन्त्रमा कमजोर रहेको नेपाल जस्तो देशका लागि ‘सबै सगको मित्रता’ भन्ने मूलभूत उद्देश्यले मात्रै परराष्ट्र सम्बन्ध टिकिरहेको छ । अर्थात् नेपालसँग परराष्ट्र सम्बन्धका लागि सामथ्र्य भनेको कुटनीतिक कुशलता मात्रै हो । यस्तै, कुटनीतिक कुशलता प्रदान गर्न योगदान पुर्याएका ६ पूर्वराजदुतहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारबाट सम्मानित गरिएको छ । राष्ट्रपति भण्डारीले अमेरिकाका लागि पुर्व राजदुत योगप्रसाद उपाध्याय, वेलायतका लागि पूर्वराजदुत सुर्यप्रसाद श्रेष्ठ, कोरिया र भियतनामका लागि पुर्वराजदुत कमल कोइराला, बंगलादेशका लागि पुर्वराजदुत मोहन लोहनी, र भारतका लागि भेष बहादुर थापा र रुक्म शम्शेर राणालाई सम्मान गरेकी छिन् ।

सम्मान कार्यक्रममा राष्ट्रपति भण्डारीले देशको आर्थिक विकासको चाहानालाई परिपूर्ति गर्न राजदुतहरुको ध्यानाकर्षण गराईन । अनुभवी पूर्वराजदुतहरु र नयाँ पुस्ताका राजदुतहरुबीचमा अनुभव साटासाट हुनुपर्ने र यसका लागि अभिमुखीकरण गरेरै गाडि बढ्न सके अझ लाभ हुने राष्ट्रपति भण्डारीको सुझाव छ । कोरियामा राजदुतको जिम्मेवार सम्हाल्दा गौतम बुद्धको जन्मस्थल नेपाल भनेर कमै कोरियाली नागरिकलाई मात्रै थाहा थियो । तर, आफ्नो नेतृत्वमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भनेर चिनाउन सफल भएको अनुभव सुनाए पुर्वराजदुत कमल कोईरालाले । यस्तै, बंगलादेशका लागि नेपाली राजदूत मोहन लोहनी पनि छिमेकी देशरुसँगको सम्बन्ध पहिलेको भन्दा सुधारिदै र उपलब्धिमुलक हुदै गएको बताए । देशको परिस्थिती अनुकूल होस् या प्रतिकुल । कुनै परिस्थितीमा आफ्नो ज्यान बाजी राखेर पनि राजदूतहरुले आफ्नो भूमिका निभाईरहेका छन् । तर, राजदूतहरु भने चुडिएको चंगा जस्तै भएको बताउँदै पूर्वराजदूत सुर्य प्रसाद श्रेष्ठले नीतिगत रुपमै राजदूतहरुको सेवा, सुविधानिर्धारण गरिनुपर्ने बताए । नेपालको एउटा राजदुतावासले ५ दशमलव ६ वटा मुलुकको परराष्ट्र मामिला हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हिजोको युरोपको विश्व राजनीति र अर्थनीतिको प्रभाव दक्षिण एसियाली क्षेत्रमा पर्दै गईरहेको छ । यसकारण विदेशमा रहेका राजदूतावास र नियोगहरुको औचित्य र महत्व पनि बढ्दै गएको छ । सरकारको समृद्ध नेपाल र सुखी नेपालीको उद्येश्य प्राप्तिका लागि सार्थक आर्थिक साझेदारी एवम् द्धिपक्षीय हितलाई अगाडि बढाउदै लानुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

हालसम्म राजदूतहरुको कुनै कदर र दस्तावेज नै नभएको भन्दै नेपाल पूर्व राजदूत संघ पूर्वराजदूतहरुको तथ्यांक संग्रहमा पनि जुटिरहेको छ । हालसम्ममा ६० जना राजदूतहरुको नाम संकलन गरिएको र ३० जना राजदूतहरुसँग मात्रै सम्पर्क रहिरहेको संघले जनाएको छ । नेपालको परराष्ट्र सम्बन्ध विस्तार र विकासका लागि राजदूतहरु नै सर्वोपरी रहेको अवस्थामा परराष्ट्र नीति र कार्यकुशलताका लागि राजदूतहरुको स्तरोन्नतिमा पनि ध्यान दिन आवश्यक छ । विगत र वर्तमानबाट पाठ सिक्दै भावी दिनको परराष्ट्र सम्बन्ध विकास गर्न सके राष्ट्रको लागि थप उपलब्धिमुलक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu