ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छ– मुख्यमन्त्री पौडेल


admin
१० पुस २०७६, बिहिबार   ३ : ३७   बजे

काठमाडौं, १० पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले धेरै नीति योजना र कार्यक्रम बनाउने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभएको छ । “हामी नीति, योजना, कार्यक्रम बनाउँछौँ तर कार्यान्वयन गर्न पछि पर्छौ, यो समस्या सबै क्षेत्रको समस्या र सधँैको समस्या भएको छ”, पौडेलले भन्नुभयो ।

ठूला, भद्धा र गर्न नसकिने योजना बनाउनुभन्दा पनि कार्यान्वयन गर्नसकिने खालका योजना बनाउनुपर्ने उहाँको धारणा थियो । उहाँले परिणाम नआउने खालका काम गर्न नहुने बताउनुभयो । आज प्रदेश नं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित प्रदेश विपद् व्यवस्थापन नीति तथा रणनीति कार्ययोजना तर्जुमासम्बन्धी कार्यशालामा मुख्यमन्त्री पौडेलले विपद् बाजा बजाएर आउँदैन भन्ने पुरानो भनाइलाई प्रविधिले उल्ट्याएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रविधिका कारण विपद् आउन सक्ने अवस्थाका बारेमा पूर्वजानकारी प्राप्त गर्न सकिने हुँदा त्यसको तयारी र व्यवस्थापनमा समेत सचेत हुन जरुरी रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनका लागि आवश्यक र प्रभावकारी सूचना प्रविधिका उपकरण जडान गरिनुपर्ने उहाँको भनाइ थियो । विपद् व्यवस्थापनमा राज्यका तीनै तहका सरकार उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिनुभयो । पौडेलले प्रदेश ३ चट्याङ प्रभावित क्षेत्र पनि भएका कारण त्यसबाट हुने क्षति कम गर्न पहल थालिनुपर्ने भनाइ राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu