ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशैभर मानव मुक्त सडक बनाउने सरकारको अभियानले के सार्थकता पाउनसक्छ? (भिडियोसहित)


admin
१६ पुस २०७६, बुधबार   २ : ०२   बजे

काठमाडौं, १६ पुस । सरकार देशैभर सडक मानब मुक्त शहर बनाउने अभियानमा लागेको छ । काठमाडौ महानगरपालिकाले पनि विभिन्न संघ संस्थासंग समन्वय गदै सडकका बेसाहारालाई आश्रय स्थलमा लगेर राखेको छ । आश्रय स्थलमा पुगेका सडक मानव पनि साहार पाउदा निकै खुशि भएका छन् ।

पूर्व धरान घर बताउने ३९ वर्षिया शोभा गुरुङ विगत १५ बर्षदेखि सडकमा जिवन बिताउदै आइरहेकी थिइन् । सडकमा विताएका तिता सम्झना बताउदै अव , आश्रमनै प्यारो लागेको बताउछिन् । आफ्न्त कोही पनि नभएको बताउने उनीको सन्तानको नाममा एउटा छोरी मात्र भएको र उनी विवाह भएर पतिको घर गई सकेकि छिन् । छोरी आफ्नो भएपनि ज्वाइ आफ्नो नहुने ज्वाइले हेला गर्ने गरेको भन्दै गुनासो यसरी ब्यक्त गरिन् । अहिले उनि सबैलाई हसाएर गित गाउदै र नाच्दै सवैलाई खुशी बनाउदै दिनचर्या विताइ रहेकि छिन् । शोभालाई केहि समय अगाडि मानव सेवा आश्रमले ल्याएको थियो तर उनी आश्रमबाट भागेकि थिइन, अबिले भागेको दिन सम्झेर उनि पछुताउछिन् । त्यति वेला सडकको वास चिसो मौसम अनि रातको समयमा गुन्डाहरुले पैशा माग्ने धम्काउने गरेको आखा भरी आशु निकाल्दै दुख का पल सम्झन्छिन् । अब त उनलाई सडकको जीवन सम्झदा निकै कहाली लाग्छ । यस्तै आफ्न्त भन्ने कोही पनि नभएका कारण विगतमा दिनमा लागु औषधको दुव्र्यशनिमा फसेका रामबहादुर खत्री पनिको ब्यथा उस्तै छ । ज्याला मजदुरीमा काम गर्ने नसालु पदार्थ सेवन गर्दै सडकमा बास बस्ने खत्रीलाई पनि मानव सेवा आश्रमले उद्धार गरेर आश्रम राखेको छ । यसरी सडकमा भौतारीदै हिडेकाहरुलाई सहारा पाएपछि अव बाकि जीवन आश्रममै सेवा गरेर विताउने बताउछन् ।

सरकारले देशैभार मानव मुक्त सडक बनाउने भन्दै लागि परेको छ । काठमाडौं महानगरमा महानगरको २५ औं वार्षिकोत्सवका अवसरमा महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले मानव मुक्त सडक अभियानको घोषणा गरेका थिए । महानगर यसै सम्वन्धि गृह कार्य गरिरहेको छ । उद्धार गरिएका मानिस अहिले उनिहरुको स्थिति हेरेर काम गरिरहेको छ । रोगिलाई अस्पताल लगिएको छ भने बाकि सामान्यलाई सम्झाउदै अव सडकमा नआउने वाचाका साथ पढाइएको छ ।सडकवाट आएका मानिस मानसिक सन्तुन गुमाएका लागुऔषधको दुव्र्यसनिमा परेका र मागेर खाने बानि परेका रहेका मानव सेवा समितिका सचिव सुमन र्बतैला बताउछन् । आश्रय स्थल ल्याएका मध्ये आफ्न्त भएकाहरुलाई सम्झाई बुझाई घर फिर्ता गरेका र्बतौला बताउछन् । यस्तै सडकमा आएकालाई उद्धारको सथै अरुलाई आउन नदिन जनचेतना मुलक कार्यक्रम गरी रहेको उनि बताउछन् । सरकारले मानवमुक्त सडक बनाउने अभियान सकारात्मक छ । अबका दिनमा थप शसक्त बन्दै गएमा महानगरले थालेको यस महान अभियानले सार्थकता पाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group