ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन वर्षभित्रै प्रदेशका सबै घरमा खानेपानी पुग्छ– मुख्यमन्त्री पोखरेल


admin
१८ पुस २०७६, शुक्रबार   ८ : ०२   बजे

 

काठमाडौँ,  १८ पुस । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्रै प्रदेश नं ५ को प्रत्येक घर, विद्यालय र सार्वजनिक क्षेत्रमा खानेपानी पुग्ने बताउनुभएको छ ।

उहाँले प्रदेश सरकारले सबैको घरमा पानी जसरी पनि पु¥याउन अभियान थालेको बताउनुभयो । दाङको घोराहीबाट प्रकाशन हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १३औँ वार्षिक उत्सवको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो समय पानीको अभावको कारण सरसफाइमा चुनौती देखिएको हुँदा सरकारले पानी उपलब्धताको लागि अभियान थालेको पनि जानकारी दिनुभयो । “हामीले प्रदेशका सबै सामुदायिक विद्यालयमा शौचालय बनाउने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेका छौँ ।” उहाँले भन्नुभयो, “प्रत्येक विद्यालयमा छात्रछात्राको लागि अलगअलग शौचालय बन्न थालेका छन् तर पानीको अभावले शौचालय उपयोगमा समस्या आएको देखिएको छ ।”

कार्यक्रममा बोल्दै उहाँले युवालाई देशमै स्वरोजगारका ढोकाहरु खोज्न आग्रह गर्नुभयो । उहाँले देशमा हुने स्वरोजगारका कामलाई सानातिना भन्दै काम नगरेर युवा खाडीको तातोघाममा जस्तौसुकै काम गर्न जानु दुखद् भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले हाम्रो गाउँशहरमा कपाल काट्ने, तयारी कपडा बिक्री गर्ने, मिठाइ बनाउने, कपडा सिलाउने, भाडा बनाउने, फलफूल बेच्ने, साइकल, मोटरसाइकल बनाउनेलगायत काम छिमेकी देशबाट आएर अरुले गरिरहेको तर यहाँका युवाले त्यसलाई कामै नठानेको धारणा व्यक्त गर्नुभयो ।

देशभित्रै दैनिक नगद कमाउने कामलाई युवाले गर्न नमाने भन्दै आमसञ्चार माध्यमले अब युवालाई सामाजिक चेनता विस्तारको काम गर्न आग्रह गर्नुभयो । विसं २०६४ मा स्थापना भएको गणतन्त्र राष्ट्रिय दैनिकले सामुदायिक विद्यार्थीलाई न्यानो कपडा, झोला, छात्रालाई स्यानिटरी प्याड वितरण गरेको थियो भने स्वरोजगारमा लागेर राम्रो काम गरिरहेका युवालाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group