ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रालयका शसस्त्र प्रहरीले विद्युत प्राधिकरणका कर्मचारी कुटेपछि….


admin
२३ पुस २०७६, बुधबार   ३ : २७   बजे

काठमाडौं, २३ पुस  । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गृहमन्त्रालयमा कार्यरत प्रहरीवाट कुटिएका छन् । प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कुटपिट गरेको हो । मादक पदार्थ सेवन गरेका प्रहरीको कुटपिट गरेको प्राधिकरण कर्मचारीले जनाएका छन् । प्रहरीको कुटाईवाट २ कर्मचारी घाईते भएका छन् । मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक सई प्रवीण राई र हवल्दार छवीन्द्र राईले कुटपिट गरेको बताइएको छ । जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले घनाको पुष्टि गर्नुभएको हो। उहाँले प्रहरीवाट आफ्ना कर्मचारी कुटिएको बताउनुभयो । पौडेलका अनुसार कुटिनेमा प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का हुन् ।

प्रहरीको कुटाईवाट खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको पौडेलले बताउनुभयो । दुवैजना घाईतेको उपचार भइरहेको छ । पौडेलका अनुसार मर्मतको काम सकाएर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका २ प्रहरीले आक्रमण गरेका हुन् । प्रहरीका अनुसार प्राधिकरणको गाडीले प्रहरीको गाडीलाई ठक्कर दिएपछि विवाद भएको जनाएको छ । कुटपिटमा संलग्न दुवै प्रहरी गृहमन्त्रालयमा कार्यरत हुन् ।

बौद्ध प्रहरीका डिएसपी रमेश बहादुर सिंहका अनुसार घटनामा संलग्न भएको भन्दै हवल्दार राईसँगै सशस्त्रकै सहायक प्रहरी निरिक्षक प्रविण राई पनि प क्राउ परेका छन्। कुटपिटमा संलग्न प्रहरी दुबै नातामा दाजुभाइ भएको डिएसपी सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group