ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अव्यवस्थित बसाईंसराईंलाई समयमै सम्बोधन गरिनुपर्छ – डा. पीताम्बर शर्मा


एबीसी न्यूज
२४ पुस २०७६, बिहिबार   १२ : ३५   बजे


काठमाडौं , २४  पुस ।   राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्माले गाउंबाट सहरतर्फ अव्यवस्थित बसाइसराइ बढेका कारण सहरको योजनाबद्ध विकास हुन नसकेको बताउनुभएको छ ।

कान्तिपुर इकोनोमिक समिटमा मुख्य वक्ताको तर्फबाट मन्तव्य दिंदै पूर्व उपाध्यक्ष शर्माले पछिल्ला वर्षमा योजनाबद्ध विकास नहुदा यसबाट सहरी गरिबी पनि बढाइरहेको बताउनुभयो । डा. शर्माले सहरतर्फ भइरहेको अव्यवस्थित बसाइसराइलाई समयमै सम्बोधन गर्न नसकिए यसले अराजकता बढाउने दाबी गर्नुभयो ।

डा. शर्माले संघीयतालाई राज्य संचालितको प्रणालीका रुपमा अंगिकार गर्न जातीय, आर्थिक, सामाजिक, र क्षेत्रीय बिभेद नै भएको तर्क गर्नुभयो । यस्तै संघीयता आएपछि समावेशी, समानता र न्यायोचित बिकासको साथै केन्द्रिकृत प्रशासनिक, राजनीतिक र वित्तीय प्रणालीको बिकेन्द्रीकरण हुन सहयोग पुगेको उहाको भनाई थियो ।

यस्तै डा. शर्माले संघिय सरकार प्रदेश र स्थानिय सरकारलाई सबल बनाउनु पर्ने जोड दिदै संघीय कार्यक्षेत्रलाई बिस्तार गर्ने दिशा तर्फ अब उन्मुख हुनु पर्ने धारणा राख्नुभयो । तर अहिले शासन पद्धति प्रदेश वा स्थानीय तहमै आवश्यकताप्रति लक्षित हुनु पर्ने भएपनि पुरानै पद्धतिलाई निरन्तरता दिईरहेको उहाको भनाई थियो । तीनै तहका सरकारसंगको सम्बन्ध, सहकारिता, समन्वय र सहअस्तित्वको आधारमा हुने व्यवस्था भएपनि बिधि र सयन्त्र अझै संस्थागत हुन नसकेको उहाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा ३८ देशका विदेशी नागरिक प्रभावित, अवस्थाबारे विवरण संकलन हुँदै

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu