ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चमेलियाबाट विद्युत् उत्पादन शुरु


admin
७ मंसिर २०७४, बिहिबार   ४ : २३   बजे

दार्चुला, ७ मंसिर ।  दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभीे प्रसारण लाइनमा आजदेखि विद्युत् प्रभाव भएको आयोजनाले जनाएको छ ।

सन् २००७ देखि निर्माण कार्य शुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झण्डै १० वर्षपछि आजदेखि प्रसारण शुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभयो ।

आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई आज चार्ज गरेको हो । प्रसारण लाइनमा प्रयोग भएका टावर, तार लगायतका अन्य संरचना नछुन आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ । एक सय १३१ किलोमिटर लामो सो प्रसारण लाइनमा कूल ४१२ वटा टावर रहेका छन् ।

तत्काल सिंगल सर्किटबाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले बताउनुभयो । चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन डबल सर्किट बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने उहाँले बताउनुभयो ।

सन् २००७ मा निर्माण शुरु गरी सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सो समयमा काम सम्पन्न हुन नसकेपछि उक्त समयसिमा सन् २०१७ को डिसेम्बर पु¥याइएको थियो । चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण शुरु भएको १० वर्षपछि बिजुली बलेको हो ।

चमेलिया जलविद्युत् आयोजनाको शुरुको अनुमानित लागत रु आठ अर्ब ५० करोड थियो तर झण्डै १० वर्षको अवधिसम्म रु १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ । आयोजनाको सिभिलतर्फको काम सन् २००७ मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट शुरु गरिएको थियो ।

प्रसारण लाइनतर्फ भने दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको १३१ किलोमिटर दूरीमा ४१२ टावर निर्माण गरिएका छन् । सिभिलतर्फ चिनियाँ कम्पनी गेजुवाले काम गरेको थियो भने इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनीले गरेको आयोजनाले जनाएको छ । चमेलिया सरकारको पूर्ण लगानीमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

Nepali Lawmakers Demand Stricter Laws to Combat Violence Against Women

Monsoon Activity Brings Rain and Thunderstorm Risk Across Nepal

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu