ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’ -नेम्वाङ


एबीसी न्यूज
८ मंसिर २०७४, शुक्रबार   १० : ४३   बजे

 

इलाम, ८ मंसिर -रासस- ः पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ठूलो संघर्षपश्चात् प्राप्त भएको संविधानका प्रावधानलाई ठोस कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यही मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अभियानका क्रममा घरदैलोमा रहनुभएका नेकपा९एमाले० नेता नेम्वाङले आज बिहान इलाममा राससँग कुरा गर्दै मुलुकलाई समृद्धि र स्थायित्वतर्फ लैजानुपर्ने बताउनुभएको हो ।

मुलुकलाई समृद्धिको बाटोमा लैजाने राम्रो परिपाटी बसाउन गठबन्धन बनाएको उल्लेख गर्दै उहाँले वामपन्थी, प्रगतिशील र देशभक्तको गठबन्धनले देशमा ठूलो परिवर्तन ल्याउने दाबी पनि गर्नुभयो ।

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन तथा फोरम र राजपाको पनि गठबन्धन भएको उल्लेख गर्दै नेता नेम्वाङले तीन गठबन्धनमध्ये जुन गठबन्धनले जनताको बढी मत पाउँछ उसैले पाँच वर्ष सरकार सञ्चालन गर्छ र अरु प्रतिपक्षमा रहन्छन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “अब देशमा स्थिरता र समृद्धि हुन्छ, यसैका लागि हामी आ–आफ्नो ठाउँबाट लागौँ, तराई, मधेस, पहाड र हिमालसम्म एक भएर सबै जाती, भाषा तथा धर्मका जनता सुमधुर सम्बन्ध कायम गरेर सुन्दर नेपाल निर्माणमा जुटौँ ।”

नेता नेम्वाङले राज्यपुनःसंरचनाअनुसार साविकको क्षेत्र नं २ मा थपिएका क्षेत्रमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्नुभएको छ । भोलिसम्म पुराना गाविस तथा अहिलेका गाउँपालिकाका सबै वडामा पुग्ने उद्देश्य राखेको नेता नेम्वाङ्ले जानकारी दिनुभयो ।

जनता विवेकवान र प्रष्ट भएको आफूले पाएको बताउँदै उहाँले भन्नुभयो, “जनयुद्ध समापन भयो, संविधान पनि बन्यो, अब संविधानको कार्यान्वयन गर्दै समृद्धि चाहियो भन्ने जनताको माग छ ।”

विगत १० वर्षमा आफ्नो क्षेत्रमा ठूलो प्रगति भएको दाबी गर्दै नेता नेम्वाङले थप योजना विस्तार र स्तरोन्नति गर्ने स्पष्ट योजना लिएर आफू जनताको घरदैलोमा पुगेको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group