ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ– मुख्यमन्त्री पौडेल


admin
१२ फाल्गुन २०७६, सोमबार   १२ : ५९   बजे

काठमाडौं, १२ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यस पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व विकासमा सहयोग पु¥याउने बताउनुभयो ।“नेपालको हिमाली क्षेत्रका आदिवासी जनजाति शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदाय, वाग्मती प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, उहाँले सन्देशमा भन्नुभएको छ । मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ, “महायान बौद्ध धर्मावलम्बीको नयाँ वर्ष तथा ‘च्याक् फो च्यिवा लो २१४७ ले नेपाली नेपाली बीचको एकता, भ्रातृत्व र समभाव वृद्धिमा सकारात्मक सन्देश फैलाउन सकोस् ।”

“मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह बँदेल गरी १२ वर्गमा विभाजन गरेर मनाइने ल्होसारको बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष शुरु भएको छ । यही खुशीमा सम्पूर्ण नेपाली शेर्पा समुदाय उल्लासमय ढङ्गबाट नयाँ वर्ष मनाइरहेका छन् । भौगोलिकाताको हिसाबले हिमालदेखि तराईसम्म फैलिएको वाग्मती प्रदेशमा तराईका थारू समुदायदेखि हिमालका शेर्पा समुदाय सम्मको बसोबासले प्रदेशलाई सांस्कृतिक विविधताले समेत सम्पन्न बनाएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाको टिमुरेमा नेपाली सेनाले भेटायो बैंकका पाँच सेफ

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, भोटेकोसी बाढीबारे गराए ‘ब्रिफिङ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu