ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका र भारतबीच तीन अर्बको रक्षा सम्झौता


एबीसी न्यूज
१३ फाल्गुन २०७६, मंगलबार   ६ : ५६   बजे

नयाँदिल्ली । अमेरिका र भारतबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो ।

दुई देशबीच भएको द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी दुबै नेता आफ्ना नागरिकलाई कट्टर इस्लामी आतंकबाट बचाउन प्रतिवद्ध छौं र अमेरिकाले यसलाई अझ मजबुत बनाउने काम गरिरहेको छ ।’

उनले अघि भने, ‘पाकिस्तानसँग पनि कुराकानी भइरहेको छ, ताकि उसको जमिनमा जुन आतंकवाद हुर्किरहेको छ, तयसलाई पनि अन्त्य गर्न हामीले काम गरौं ।’ द्वीपक्षीय व्यापारको वृद्धिदर दोहोरो अंकमा पुगेको भन्दै ट्रम्प र मोदी दुबैले खुसी व्यक्त गरेका छन् ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत भ्रमण गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच मङ्गलबार हैदराबाद हाउसमा भेटवार्तापछि दुई नेताले संयुक्त वक्तव्य पनि जारी गरेका छन् । भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच ३ वर्षमा व्यापार दोहोरो अङ्कमा वृद्धि भएको भारतीय प्रधानमन्त्री मोदीले जिकिर गरेका छन् । मोदीले द्विपक्षीय व्यापारको बारेमा दुई पक्षबीच सकारात्मक वार्ता भएको बताउँदै ठूलो व्यापार सम्झौतामा पनि सहमत भएको समेत बताए । दुई देश कनेक्टिभिटी इन्फ्रास्ट्रक्चरको विकासमा पनि सहमत भएको प्रधानमन्त्री मोदीले जानकारी दिए ।

उता, राष्ट्रपति ट्रम्पले मोदीसँगको वार्तामा २१ दशमलव ५ करोड भारु बराबरको रक्षा सम्झौतालाई मन्जुरी दिइएको बताए ।
मोदी र ट्रम्पबीच प्रतिनिधिमन्डल स्तरमा भएको छलफलमा भारत–अमेरिकाबीच भएका ६ सम्झौतामध्ये रक्षा सम्झौता सबैभन्दा महत्वपूर्ण रहेको छ । अमेरिकासँग सी–हक हेलिकप्टर किन्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । २१ हजार करोडको रक्षा सम्झौतामा १८ हजार ६२६ करोड रुपैयाँ खर्च हेलिकोप्टर खरिद हुनसक्छ । भारतको नौसेनालाई यो हेलिकप्टर चाहिएको छ ।

यो हेलिकप्टरले हर मौसममा दुश्मनमाथि हमला गर्न सक्षम छ भने पनडुब्बीमाथि पनि निशाना बनाउन सक्छ । यसको अलावा भारतले अमेरिकासँग ८०० मिलियन डलरको ६ वटा एएच–६४ ई अपाचे हेलिकप्टर पनि खरिद गर्न सक्नेछ । यसको साथै अमेरिकाले भारतलाई मिसाइल डिफेन्स शिल्ड पनि बेच्ने प्रयास गरिरहेको छ । भारतले रुससँग एस ४०० मिसाइल डिफेन्स सिस्टम किन्ने तयारी गरिरहेको छ । यस अन्तरगत अमेरिकाले भारतलाई ६ वटा रियक्टर सप्लाइ गर्नेछ । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । ट्रम्प मंगलबार राति अमेरिका फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group