ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सैनिक मुख्यालयमा कोभिड– १९ सम्बन्धी पूर्वाभ्यास


admin
५ चैत्र २०७६, बुधबार   ३ : ००   बजे

काठमाडौं ५ चैत । नेपाली सेनाले विश्वभर फैलिरहेको कोभिड–१९ बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे पूर्वाभ्यास गरेको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोभिड– १९ को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ । त्रिपालमा क्वारेन्टाइन स्थलको लेआउट विधिबारे पनि जानकारी दिइएको छ ।

बिरामीलाई अस्पतालमा गरिने उपचार विधि र प्रक्रियाका साथै क्वारेन्टाइनमा रहँदा चिकित्सकबाट प्रदान हुने सेवा तथा जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनु पर्ने सजगताका सम्बन्धमा सङ्गठन मातहतका निकाय र सर्वसाधारणलाई सञ्चारमाध्यममार्फत जानकारी गराउन पूर्वाभ्यास गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । पूर्वाभ्यासका लागि त्यहाँ ६० भन्दा बढी पाल स्थापना गरिएको छ ।

सङ्क्रमण आशङ्का भई अस्पताल पुग्ने बिरामीलाई दिइने स्वास्थ्य सेवा, जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनुपर्ने सचेतना र क्वारेन्टाइनमा रहँदा हेक्का राख्नुपर्ने विषयका बारेमा पूर्वभ्यासका क्रममा प्रमुख सेनानी डा मुन थापा र सेनानी ली बुढाथोकीले जानकारी दिनुभयो । चिकित्सक ५० र अन्य गरी १८१ जनाको चिकित्सा टोली पूर्वाभ्यासमा संलग्न छ । यस्तो पूर्वाभ्यास आवश्यकतानुसार भइरहने छ ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि हातधुने तरिका, चिकित्सकले अपनाउनुपर्ने सावधानी, बिरामीको तामक्रम लिँदा पु¥याउनुपर्ने होशियारीलगायत विषयमा जानकारी दिइने छ । पूर्वाभ्यासबाट जङ्गीअड्डा मातहतका विभिन्न निकाय र अन्य सर्वसाधारणका लागि समेत कोभिड–१९ उपचार विधि र अपनाउनुपर्ने पद्धतिबारे जानकारी लिन सहयोग पुग्ने छ । सैनिक मुख्यालय र मातहतका निकायका कार्यालय प्रवेश गर्नुअघि ज्वरो भएको नभएको यकिन गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने कार्य शुरु भइसकेको छ । नेपालमा हालसम्म कोभिड–१९ का बिरामी फेला परिसकेका छ्रैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group