ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारित


admin
५ चैत्र २०७६, बुधबार   ५ : १६   बजे

काठमाडौं ५ चैत । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ । मूलतः विज्ञान तथा प्रविधि विषयमा विश्वस्तरको शिक्षा र अनुसन्धानका लागि नयाँ संरचनामा सो विश्वविद्यालय स्थापना हुन लागेको हो ।

विधेयकमाथि विभिन्न सदस्यको संशोधन र छलफलका आधारमा टुङ्गोमा पुग्न बाँकी विषयलाई समेत आज नेपाल सरकारको धारणा लिएर सहमतिमा पारित भएको हो । बैठकमा समितिका सभापति जयपुरी घर्तीले विश्वविद्यालयको अध्यक्षमा नेपाली नागरिक हुनुपर्ने र विश्वविद्यालयको संरक्षक समितिमा सम्बन्धित क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद सदस्य हुने गरी निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिले पारित भएको थियो । सरकारले विश्वविद्यालयको अध्यक्षमा विदेशी नागरिक पनि हुनसक्ने प्रस्ताव गरेकामा समितिले अध्यक्षमा हुन नहुने तर अन्य पदाधिकारी हुन सक्ने गरी बाटो खुल्ला गरेको छ । अन्य विश्वविद्यालयमा उपकुलपतिको कार्यकारी नेतृत्व रहने व्यवस्था भएकामा यस विश्वविद्यालयमा अध्यक्षले नेतृत्व गर्ने नयाँ संरचनागत प्रस्ताव गरिएको छ ।

सो विश्वविद्यालयको केन्द्रीय कार्यालय मकवानपुरको चित्लाङ वा काभ्रेको पाँचखाल र नमोबुद्धमा हुने भनी सरकारले आजको बैठकमा प्रस्तुत गरे पनि समितिले केन्द्रीय कार्यालय विश्वविद्यालयको संरक्षक समितिले निर्णय गरेको स्थानमा हुने गरी पारित गरेको छ । संरक्षक समितिको दुई सदस्य मदन भण्डारी मेमोरियल फाउण्डेनका अध्यक्षले तोक्ने भनी प्रस्ताव गरिएकामा विश्वविद्यालयका अल्मुनाइमध्येबाट हुने गरी पारित भएको छ । मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक, वैज्ञानिक र विचारको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न सो विश्वविद्यालय स्थापना हुन लागेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय स्थापनामा सघाउन चिनियाँ पक्ष तयार भएकाले केन्द्रीय कार्यालयबारे पछि पनि निर्णयमा पुग्न सकिने बताउँदै विज्ञान र प्रविधिका क्षेत्रमा अनुसन्धान केन्द्रित हुने गरी विश्वस्तरको विश्वविद्यालयको स्थापना गर्न लागिएको जनाउनुभयो ।

उहाँले समृद्धिका लागि आवश्यक जनशक्ति उत्पादनका दृष्टिले उक्त विश्वविद्यालयका विशिष्टिकृत हुने जनाउँदै विज्ञान र प्रविधिका साथै साझेदारी र आवश्यकताका आधारमा अन्य विषयमा पनि पढाउन सकिने गरी बाटो खुल्ला हुनुपर्नेमा जोड दिनुभयो । बैठकमा सांसद खगराज अधिकारी, मनकुमारी जिसी, उमेश श्रेष्ठ, जीवनराम श्रेष्ठ, सुरेन्द्रकुमार यादव, सरिता न्यौपाने, विद्या भट्टराईलगायतले विधेयकको मूलभाव सही भएकाले संशोधन र सुझावका आधारमा थप व्यवस्थित कानून बनाउन जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group