ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदै : चीनको सहयोग गर्ने इच्छा


एबीसी न्यूज
६ चैत्र २०७६, बिहिबार   १ : ३१   बजे

काठमाडौँ, ६ चैत  ।  कोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य मुलुकहरूले पहिलो पहल अनुसार पाँच दिनअघि भिडियो सम्मेलन गरेर आफ्ना अनुभव साटासाट गरेका थिए । जसले विश्व मञ्चमा सकारात्मक सन्देश दिएको थियो ।

सङ्कटका बेला क्षेत्रीय पहलमै केही गर्न सक्ने क्षमता प्रकट गरेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा भिडियो सम्मेलनको प्रशंसा गरिएको थियो । भिडियो सम्मेलनमा गर्न सकिने पहलका बारेका समेत बहस भएको थियो । साझा रणनीति बनाउनेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बच्ने सङ्घर्षका लागि आपत्कालीन कोष खडा गर्न प्रस्ताव गर्नुभएको थियो ।

कोरोना फैलावटको नियन्त्रण तथा त्यसका लागि सबै सदस्य राष्ट्रले एकसाथ पूर्वतयारी, कार्यसम्पादन र बनेका रणनीतिको सफल कार्यान्वयन हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सार्क मुलुकका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखले एकमत प्रकट गर्नुभएको थियो । सो अनुसार सार्क मुलुक आफ्नो गृहकार्यलाई ठोस रूप दिन अभ्यासरत छन् । जसअनुसार नेपालले आफ्नो योजना निर्माणमा पहलकदमी लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मुख्यगरी आपत्कालीन कोषमा सहभागिता जनाउने र साझा रणनीतिमा आफ्ना बलियो धारणा प्रस्तुत गर्ने विषयमा सरकारले तयारी सुरु गरेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले दिनुभयो । उहाँका अनुसार भिडियो सम्मेलनका आधार पछ्याउने क्रममा परराष्ट्रस्थित क्षेत्रीय सङ्गठन महाशाखाले नेपालको हकमा हुने गरी पहल थालेको छ । जसमा नेपालका विभिन्न मन्त्रालय, सरोकारवाला निकायलाई सक्रिय बनाएर सुझाव सङ्कलन थालिएको छ ।

“परराष्ट्र मन्त्रालयले जुन मन्त्रालय वा निकायले रणनीति वा कोषमा साझेदारीका लागि आफ्नो तर्फबाट तर्कसङ्गत तथा व्यावहारिक सुझाव प्रस्तुत गर्न सक्नेछन््,” पौडेलले भन्नुभयो । नेपालको तर्फबाट रणनीति निर्माण तथा समग्र समन्वयको आधार पहिचान गर्न परराष्ट्र सचिव शङ्करदास बैरागीले सार्कका नवनियुक्त महासचिव एसाला बिराकुनसँग छलफल गर्नुभयो । सो भेटमा रणनीति निर्माणको सहकार्यसहित कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको थियो ।

यस विषयमा सबै मुलुकसँग सहकार्य गरेर नै अघि बढ्नुपर्ने हुँदा सबै देशले आफ्नो तवरबाट यतिबेला गृहकार्य र आगामी कार्यदिशा बुझ्ने प्रयासमा रहेको जानकारी सार्कका महासचिव बिराकुनले परराष्ट्र सचिवलाई गराउनुभएको थियो । भारतले प्रस्ताव गरेको आपत्कालीन कोषमा प्रधानमन्त्री ओलीको सकारात्मक जवाफ अनुसार त्यसको उपयोग कसरी गर्ने भन्ने विषयमा आफ्नो धारणा बनाउने भन्नेतर्फ परराष्ट्र मन्त्रालयको नेतृत्वमा काम भइरहेको छ ।

“नेपालले त्यस कोषको तत्काल उपयोग कसरी गर्ने र केही थप गरेर जाने मनसाय राखेमा कुन मोडलमा जाने भन्नेबारेमा गृहकार्य भइरहेको छ,” प्रवक्ता पौडेलले बताउनुभयो । नेपालस्थित सार्क सचिवालयले भने सार्क मुलुकसँग समन्वय गरी आगामी रणनीतिलाई कुन मोडेलमा प्रस्तुत गरेर अघि बढ्न सकिन्छ भन्ने तयारी गरिरहेको छ ।

विभिन्न देशको अनुभव र प्रस्तावलाई एकरूपता कसरी दिने भन्ने विषयमा सचिवालयले गृहकार्य गरिरहेको छ । “हाम्रो काम समन्वय गर्ने हो र भएका गतिविधिको प्रस्तुति गरेर सबै देशमा लागू गराउन सक्ने बनाउने हो,” सचिवालयका निर्देशक दधिराम भण्डारीले भन्नुभयो । सार्क सचिवालयले भिडियो सम्मेलनपछि जारी गरेको विज्ञप्तिले साझा रणनीति निर्माणका लागि कोरोना महामारीको दीर्घकालीन आर्थिक परिणामको विश्लेषण र सम्बोधन गर्र्नुपर्ने आवश्यकता सार्क राष्ट्रले अनुभूत गरेको उल्लेख छ ।

जसअनुसार सार्क मुलुकका नेतृत्वले गर्नुभएको प्रस्तावलाई ठोस रूप दिन हरेक देशका मन्त्री तथा विज्ञ तहका बैठकमार्फत परामर्श प्रक्रिया जारी राख्नुपर्नेमा जोड दिइएको छ । सम्मेलनको क्रममा छलफल गर्न भएका प्रस्तावमा थप बहस गर्न विज्ञहरूको पहिचान गर्दै सार्क प्रक्रिया र अन्य उपयुक्त संयन्त्रमार्फत कोरोनाविरुद्ध विस्तृत क्षेत्रीय रणनीति बनाउन सकिने सचिवालयले जनाएको छ ।

चीनद्वारा सहयोगको इच्छा

कोरोनाबाट उम्कँदै गएको चीनले नेपाललाई यसबाट बच्न र नियन्त्रणका लागि तत्काल चाहिने सहयोगका बारेमा सोधनी गरेको छ । परराष्ट्र मन्त्रालयका उच्च प्रतिनिधिलाई चीनको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासहित त्यस्तो सोधनी भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरससँगको लडाइँमा नेपाल र चीन एक रहेको सन्देश दिँदै चीनले तत्काल सहयोग चाहिएमा सहयोग गर्न तयार रहेको जनाएको हो । चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग विभिन्न योजनामा काम गर्न इच्छुक रहेको प्रतिक्रिया यसअघि नै प्रधानमन्त्री ओलीलाई दिइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group