ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना रोकथामका लागि चिनले सहयोग गर्ने, नेपालसहित दक्षिण एशियाली देशसँग चीनले भिडियो कन्फरेन्स गर्दै


एबीसी न्यूज
७ चैत्र २०७६, शुक्रबार   १२ : ०४   बजे

काठमाडौं, ७ चैत ।  कोरोनाको उद्गमस्थल वुहानबाट चिनले संक्रमण फैलिनबाट रोक्ने कार्य पूर्णरुपमा नियन्त्रणमा लिएको छ । विश्वमा कोरोना पहिलो पटक कुनै ठाउमा पूर्ण रुपमा नियन्त्रण लिएको यो पहिलो घटना हो ।

विश्वले यसलाई कसरी रोकथाम गर्न सकिन्छ भनेर चिन्तित बनेका बेला चिनले रोकथाम गर्न सफल भएपछि उसले यसबारेमा नेपाललाई सहयोग गर्ने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरण र अनुभव आदान प्रदानका लागि नेपालसहित दक्षिण एशियाली देशसँग चीनले भिडियो कन्फरेन्स गर्दैछ । दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट हुने भिडियो कन्फ्रेन्समा नेपालसहित दक्षिण एशियाली देशहरुको सहभागिता रहने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

भिडियो संवादमा स्वास्थ्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागि हुनुहुनेछ । कन्फरेन्समा नेपालले सहयोग लिने सूचीको विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताउनुभयो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै नेपालले चीनलाई औपचारिक पत्राचार गरिसकेको छ । के के सामान जरुरत पर्छ भन्ने विषयको लिस्ट तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्ति सहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu