ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना : इटालीमा मात्रै मृतकको संख्या ५ हजार नाघ्यो (कहा कति संख्यासहित)


एबीसी न्यूज
१० चैत्र २०७६, सोमबार   ७ : ३६   बजे


काठमाडौं, १० चैत्र  ।  कोरोना भाइरस९कोभिड–१९० को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ। शनिबारको तुलनामा केही कम भए पनि इटालीमा मृतक र संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्।

त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार ७ सय ५६ पुगेको छ। आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको छ। स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६सय ३ रहेको छ।

त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ। फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।

त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ भने एक हजार २८ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ८५ पुगेको छ भने २१ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ।

त्यस्तै अमेरिकामा पनि आइतबार अहिलेसम्मकै बढी ११७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार ५ सय ४६ रहेको छ।

सोमबार बिहानसम्म चीनमा ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४जनामा संक्रमण देखिएको छ। पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७२ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।

आइतबार मात्रै कहाँ कति मृत्यु
इटाली– ६५१
स्पेन – ३७५
इरान– १२९
फ्रान्स – ११२
अमेरिका– ११७
बेलायत– ४८
नेदरल्यान्ड्स – ४३
जर्मनी – १०
बेल्जियम – ८
स्विजरल्यान्ड – १८
दक्षिण कोरिया – २
इन्डोनेसिया – १०
टर्की – ९
ब्राजिल – ८
फिलिपिन्स– ६
इजिप्ट–  ४
रोमानिया, इराक –  ३
हंगेरी, भारत, अल्जेरिया, पोल्यान्ड, ग्रीस, मलेसिया, ट्युनिसिया, पोर्चुगल – २/२ जना
स्विडेन, क्यानडा, गुआम, चेक गणतन्त्र, बुर्किनाफासो, एन्डोरा, मोरक्को, नर्थ म्यासेडोनिया, सर्बिया। बहराइन, पाकिस्तान, अफगानिस्तान, सर्बिया – १/१ जना

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu