ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस हावामा तीन घण्टासम्म जीवित हुन्छ , अध्ययनकर्ताहरुको सुझाव यस्तो


एबीसी न्यूज
१० चैत्र २०७६, सोमबार   ८ : ३९   बजे

काठमाडौं, १० चैत्र  ।  कोरोना भाइरस सङ्क्रमितले खोक्दा वा हाछ्यूँ गर्दा निस्कने तरल पदार्थ अर्थात एअरसोईल्डमा तीन घण्टासम्म बाँच्ने देखिएको छ ।

अमेरिकाको नेशनल इन्स्टीट्यूट अफ हेल्थले गरेको अध्ययनअनुसार यस्तो थोपा हावामै रहँदा भाइरस तीन घण्टासम्म बाँच्ने देखिएको हो ।

त्यो भाइरस कागजमा परेमा २४ घण्टा र प्लाष्टिक तथा स्टीलको सतहमा परेमा २/३ दिनसम्म बाँच्ने देखिएको न्यू इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्ष छ । अध्ययनकर्ताहरूका अनुसार तामाको सतहमा भने यो भाइरस चार घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ ।

कोरोना भाइरस बढी तापक्रम र आर्द्रता भएको ठाउँमा धेरै बाँच्न नसक्ने र चिसो ठाउँमा बढी समय बाँच्ने अध्ययनकर्ताहरुले बताएका छन् । यसको अर्थ सङ्क्रमितले प्रयोग गर्ने टिस्यू पेपर तथा सङ्क्रमितको सम्पर्कमा रहेका कागजमा २४ घण्टासम्म भाइरस जीवित हुन्छ भने ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटरका किबोर्डहरूमा परेका भाइरस लामो समय जीवित रहन सक्छन् ।

तर सजिलै उपलब्ध हुने स्यानिटाइजरहरुबाट भाइरसलाई सजिलै मार्न सकिने पनि अध्ययनकर्ताहरुले बताएका छन् । ६२ दशमलव ७१ प्रतिशत अल्कोहल वा शून्य दशमलव ५ प्रतिशत हाइड्रोजन प्रोक्साइड वा ० दशमलव १ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्दा भाइरस नष्ट हुने अध्ययनको निष्कर्ष छ ।

कपडामा भने कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन । संक्रमितको प्रत्येक खोकीमा कति कोरोना भाइरसका निस्कन्छन् भन्ने अध्ययन भएको छैन तर रुघाखोकीको भाइरस प्रत्येक थोपामा दशौँ हजार हुने भएकोले कोरोनामा पनि त्यही अनुमान् गरिएको अध्ययन प्रतिबेदनमा उल्लेख गरिएको छ ।

हावामै रहने थोपामा केही घण्टा तथा सतहमा अझ लामो समय बाँच्ने भएकोले मास्कको प्रयोग, नियमित हात धुने, प्रयोग गरिरहने ढोकाका चुकुल, रेलिङ, कम्प्यूटर लगायतका बस्तु सफा गरिरहने गरेमा सङ्क्रमण फैलने क्रम कम हुने अध्ययनकर्ताहरुले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्यसम्बन्धी संस्थाहरूले कोरोनाबाट बच्न हात धोइरहनु र छोइरहने ठाउँका सतहहरू दैनिक सफा गर्न आवश्यक भएको बताएका छन् ।

अध्ययकर्ताले अनुहारका कुनै अंग छुनु अघि साबुनपानीले राम्रोसँग हात धोएमा र व्यक्तिबीचको दूरी कम्तीमा एक मिटर कायम गरेमा पनि सङ्मण फैलने क्रम निकै रोकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group