ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ः मृतक संख्या १४ हजार नाघ्यो


एबीसी न्यूज
१० चैत्र २०७६, सोमबार   १२ : ०३   बजे


काठमाडौं, विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभि–१९)  भाइरसको संक्रमण विश्वका सबजसो देशमा पुगिसकेको छ ।

संयुक्त राष्टसंघमा सूचीकृत १९५ देशमध्ये आज (सोमबार)  विहानसम्म १९३ देशमा कोरोनाको संक्रमण देखिएको छ । संयुक्त राष्ट्रसंघमा सूचीकृत १९५ देशसहित विश्वमा २३० देशहरु रहेका छन् ।

कोरोनाको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको छ । १९३ देश र एउटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक हजार ५९९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६५४ पुगेको हो ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ हजार ५१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या पाँच हजार ४७६ पुगेको छ । त्यहाँ ५९ हजार १३८ जना संक्रमित छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ११३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ज्यान गुमाउनेको संख्या ४१५ पुगेको छ । अमेरिकामा संक्रमित हुनेमध्ये दुई जना नेपाली पनि छन् । संसारभर अहिलेसम्म तीन लाख ३७ हजार ५५६ जना संक्रमित भएकामा ९८ हजार ८५४ जना उपचारपछि निको भएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जर्मनीले दुई जना भन्दा बढी व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको छ । चान्स्लर एन्जेला मर्केलले सङ्क्रमणको दरलाई सुस्त बनाउन मानिसको व्यवहार नै सबैभन्दा प्रभावकारी उपाय भएकोले व्यक्तिबीचको दूरी कायम गर्न सबैलाई आग्रह गर्दै दुई जना भन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य सामाग्री अब १० दिनलाई मात्र पुग्ने चेतावनी दिइएको छ । न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्यान गुमाउने अवस्था आउने बताएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि अस्ट्रेलियाले सिनेमाघर, पूजास्थललगायत बन्द गराएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यक्तिगत दूरी कायम नगरे कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group