ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री शाहीद्वारा अत्यावश्यकबाहेकका भेटघाट बन्द


admin
१० चैत्र २०७६, सोमबार   ३ : ५७   बजे

काठमाडौं, १० चैत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरीबाहेकका भेटघाट आजबाट बन्द गर्नुभएको छ ।कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गर्नुभएको उहाँका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले कोरोना भाइरसले निम्त्याएको सङ्कटको समाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गर्नुभएको सल्लाहकार शर्माले बताउनुभयो ।

मुख्यमन्त्री शाहीले स्वास्थ्य निर्देशिकाको अनिवार्यरूपमा दायित्व सम्झेर पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । सङ्क्रमणबाट जोगिन प्रत्येक नागरिक आफैँले उच्च सावधानी अपनाउन, अनावश्यक हिँड्डुल, भेटघाट तथा सम्पर्क नगर्न, भीडभाड तथा बजारमा नजान र स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्बन गर्नसमेत उहाँले सुझाउनुभएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गनुर्भएको छ । “यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्री र प्रदेश सरकार नागरिकको साथमा छ”, सल्लाहकार शर्माले भन्नुभयो । कोरोनाको सङ्कट समाधान गर्न सरकारले थालेको प्रतिकार्य योजनालाई साथ दिन मुख्यमन्त्री शाहीले सरकारका आधिकारिक निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकायको निर्देशनलाई पालना गरी सहयोग गर्न सबै नागरिकलाई अनुरोध गर्नुभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu