ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वुहान भाइरस’ शब्द राख्ने अमेरिकी प्रस्ताव अन्य राष्ट्रबाट अस्वीकृत


एबीसी न्यूज
१३ चैत्र २०७६, बिहिबार   ५ : ४५   बजे

काठमाडौं, १३ चैत । जी ७ राष्ट्रको संयुक्त वक्तव्यमा ‘वुहान भाइरस’ शब्द राख्ने अमेरिकी प्रस्ताव अन्य राष्ट्रले अस्वीकृत गरिदिएका छन् ।

अमेरिकाले कोरोना भाइरसलाई वुहान भाइरस भनिनुपर्ने र कोरोना भाइरस फैलनुको कारण चीन भएको आरोप अमेरिकाले आफ्नो वक्तव्यमा लगाएको थियो । जी ७ मा विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरु क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका सामेल छन् ।

बुधबार जी ७ राष्ट्रका विदेशमन्त्रीबीच सम्पन्न भिडियो सम्मेलनपछि संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम राखिएको थियो । तर अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले वुहान भाइरस शब्द राखिनुपर्ने बताएकै कारण संयक्त वक्तव्य जारी भएन । जी ७ राष्ट्रले पोम्पियोको भनाइ गलत भएको भनेर आलोचना गरेका छन् ।

यद्यपि जी ७ राष्ट्रहरु कोरोना संक्रमणविरुद्ध एक भएर लड्ने विषयमा भने सहमत भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्ने गर्नुभएको थियो ।

तर विश्व स्वास्थ्य संगठनले जातीय र क्षेत्रीय हिसाबमा भाइरसको नामाकरण नगर्न चेतावनी दिएपछि ट्रम्पले कोरोना भाइरस नै भन्न थाल्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu