ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणको मतदान सम्पन्न, कस्को भाग्य कस्तो ? २१ गतेदेखि निर्धारण हुने


sharan sharan
१० मंसिर २०७४, आइतबार   ५ : ५१   बजे

कविराज विसी

काठमाडौं, ८ मंसिर । आइतबार पहिलो चरणको आम निर्वाचन सम्पन्न भएको छ । आज आइतवार भएको मतदानले केही उम्मेदवारको राजनीतिक भाग्य एवं भविश्यको रेखा कोर्दैछ । उनीहरुको भाग्य आइतबार मतपेटिकामा कैद भएको छ उक्त भाग्य मंसिर २१ पछि खुल्नेछ । पहिलो चरणको सम्पन्न चुनावमा भाग्य रेखा कोरीएका ठूला नेताहरुको चर्चा गर्दा सिन्धुपाल्चोक, गोरखा र नुवाकोटलाई सम्झनुपर्ने रहेका छन् भने त्यसैगरी ताप्लेजुङले पनि ठूला नेताको भविश्यबारे निर्धारण गरि सकेको छ । पहिलो चरणको चुनावमा सबैभन्दा बढी चर्चा गोरखाको छ । जहाँ नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गरिरहेका थिए ।
गोरखामै नेपाली कांग्रेसका अर्का राष्ट्रिय नेता चीनकाजी श्रेष्ठ पनि क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए भने उनले एमाले माओवादी गठबन्धनको सामना गरेका छन् तर सवै नेताको भाग्य मतमेटीमा सुरक्षीत रहेको छ ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका बरिष्ठ राजनीतिज्ञ पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ मा वाम गठबन्धनका उम्मदेवार शेरबहादुर तामाङसँग आफ्नो भाग्यको परीक्षा लगेका छन् । पशुपतिसमशेरको जितहारलाई उसको गठबन्धन पार्टनर नेपाली कांग्रेसले महत्वका साथ हेरेको छ । तर, वाम गठबन्धनको चुनौती पार गर्नुपर्ने राणासँग चुनौती छ ।

सिन्धुपाल्चोक १ मा माओवादी नेता एवं पूर्वमन्त्री अग्नी सापकोटा र बहालवाला मन्त्री मोहनबहादुर बस्नेतको अग्निपरीक्षा आइतबारको मतदानबाट बाट फैसला भईसकेका छ तर नतिजा भने केही दिन पर्खनुपर्ने भएको छ । पहिलो चरणको निर्वाचनमा अर्को हेभीवेट भिडन्त भएको ठाउ नुवाकोट हो । सो जिल्लामा कांग्रेस नेता अर्जुननरसिंह केसीले आफूलाई भावी ‘प्रधानमन्त्री’ बताउँदै भोट मागिरहेका थिए । नुवाकोटमै डा. रामशरण महत अर्का कांग्रेसका हस्ती उठेका थिए । महत कांग्रेसको सरकारका अर्थमन्त्रीमा एकल दाबेदार थिए । तथापि कांग्रेसका यी दुबै हस्तीहरुले नुवाकोटमा वाम गठबन्धनका मझौला कदका नेताहरुलाई जित्नुपर्ने चुनौती थियो तर आज सम्पन्न मतदानले यसको हिसाब–किताव गरि दिएको छ । नतिजा पर्खनु विकल्प पनि छैन । ताप्लेजुङ जहाँ एमालेका केन्द्रंीय सचिव योगेश भट्टराईको भाग्य को समेत फैसला हुने छ भने पाँचथरमा कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङको राजनीतिक भविश्य पनि मतपेटीका सुरक्षित रहेका छ ।
यसै गरि संखुवासभामा एमालेका पुराना नेता राजेन्द्र गौतम र कांग्रेसका पूर्वमन्त्री दीपक खड्काको भाग्य परीक्षा गरेको छ । सोलुखुम्बुमा कांग्रेसका पुराना नेता बलबहादुर केसीलाई सामान्य नेताले चुनौती दिँदैछन् । खोटाङमा भने दुबै गठबन्धनबाट मझौला कदका नेताहरु चुनावी प्रतिस्पर्धामा रहेका थिए । पहिलो चरणमा मतदान हुने भोजपुरमा प्रतिनिधिसभामा सामान्य नेता उठे पनि प्रदेशमा चर्चित युवा उम्मेदारको पूर्वसञ्चारमन्त्री शेरधन राई, पूर्वअखिल अध्यक्ष राजेन्द्र राई र संघीय समाजवादीबाट कांग्रेसको साथ लिएका युवा नेता अजम्बर काङमाङ राईको उपस्थितिले भोजपुरमा केन्द्रंको भन्दा प्रदेशको चुनावलाई रोचक बनाएको थियो ।
त्यसैगरी लमजुङका मतदाताले पनि आइतबार ठूला नेताहरुको भाग्यको फैसला जनतले गरेका छन् । प्रतिनिधिसभामा माओवादी नेता देव गुरुङ र कांग्रेस नेता दिलबहादुर घर्तीको परीक्षा हुँदैछ भने प्रदेशमा मुख्यमन्त्रीका दाबेदार रहेका पृथ्वीसुब्बा गुरुङको परीक्षा भएको छ ।
पहिलो चरणमा आइतबार मतदान चुनाव हुने धादिङ जिल्लामा पनि केन्द्रको भन्दा प्रदेशेको चुनावमा रौनक छ । किनभने त्यहाँ एमाले नेता राजेन्द्र पाण्डे, माओवादीका शालिकराम जमर कट्टेल लगायतका नेताहरु प्रदेशमा थिए । प्रतिनिधिसभामा त्यहाँबाट मझौला नेताहरु भिड्दैछन् ।
त्यसैगरी पहिलो चरणका चर्चित अनुहारहरुमा बाग्लुङबाट देवेन्द्र पौडेल,रुकुमबाट जनार्दन शर्मा, कमला पुन, रोल्पाबाट वर्षमान पुन, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र राजीवविक्रम शाह चुनाबी मैदानमा रहेका थिए भने हुम्लाबाट जीवनबहादुर शाही र कालीकोटबाट महेन्द्रबहादुर शाही प्रदेशको मुख्यमन्त्रीका रुपमा चुनावी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russia-UK Relations Plummet as Ambassador Returns Home Amid Ukraine Conflict

German Opposition Party Calls for End to Schengen Agreement After Ceuta Migrant Influx

Video Shows Hundreds Abducted From Nigerian Mosque

Norway Prioritizes Arctic Drilling Despite EU Ban Considerations

US Announces New Sanctions Against Iran, Threatens Financial Blacklisting

Pope Leo XIV Intensifies Ukraine Peace Push with Envoy Visit to Moscow

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu