ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौथो सङ्क्रमित भेटिएपछि उच्च सावधानी अपनाउन सरकारको आग्रह, विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा सुझाव


एबीसी न्यूज
१५ चैत्र २०७६, शनिबार   १ : २१   बजे


काठमाडौं, १५ चैत । धनगढीमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएपछि देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका ३४ वर्षका पुरूषमा हिजो कोरोना संक्रमण पुष्टि भएकाले देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । उपत्यकाबाहिर पनि कोरोना सस्ंक्रमित पुष्टि भएकाले विशेषगरी विदेशबाट आएका सबैजनालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभएको छ ।

उहाँले कोरोनाको संक्रमण थप फैलन नदिन विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैलाई लकडाउन पालना गर्न आग्रह गर्नुभएको हो । यस्तै अनावश्यक हल्लाको पछि नलाग्न पनि उहाँले अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो थप ४४ जनाको गरी अहिलेसमम ८ सय २ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएका छन् । अरु दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक जनाको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ ।

उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै अहिले काठमाण्डौं र ललितपुरका तीन वटा अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार भैरहेको छ भने ११ जनालाई डिस्चार्ज गरिएको छ । ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना तथा कान्ति बाल अस्पतालमा ३ जना गरि १३ जनाको आइसोलेसनमा उपचार भैरहेको हो । यस्तै कान्तिबाट ६ जना र टेकुबाट ५ जना गरि ११ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu