ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लकडाउन : दक्षिणकाली नाका हुँदै दैनिक १५० मानिस उपत्यकाबाट बाहिरिँदै


admin
१५ चैत्र २०७६, शनिबार   ६ : ०४   बजे

काठमाडौं, १५ चैत । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि दक्षिणकाली नाका हुँदै दैनिक १५० भन्दा बढी मानिस पैदलै राजधानीबाट बाहिरिन थालेका छन् ।

लकडाउन भए पनि दैनिक धेरै मानिस दक्षिणकाली नगरपालिकाको मार्ग भएर बाहिरिन थालेपछि ठाउँठाउँमा साबुन पानीको व्यवस्था गरी हात धोएर मात्र यात्रा गर्न आह्वान गरिएको नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङले जानकारी दिनुभयो । यसरी बाहिरिनेमा तराई मूलका धेरै मानिस छन् ।नगरवासीलाई घरमै बसी बाहिर ननिस्कन पर्चा वितरण गरिएको छ । नगरपालिकाले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेको सूची तयार पार्न वडा कार्यालयलाई पत्राचार गरेको जानकारी पनि उहाँले दिनुभयो । सूची तयार भएपछि वडाकै खाद्यान्न पसलबाट खाद्य सामग्री दिने तयारी नगरपालिकाले गरेको छ ।

नगरवासीको अनुरोधमा नगरपालिकाले हालै विदेशबाट फर्किएका ११ जनाको ज्वरोलगायत स्वास्थ्य जाँच गरेको छ । कतार, भारत, दुबई, श्रीलङ्का, जापानलगायत देशबाट फर्किएकाको स्वास्थ्य जाँच गरिँदा हाल ठिक भए पनि १४ दिनसम्म एकान्तबासमा रहन अनुरोध गरिएको उपप्रमुख तामाङले बताउनुभयो । नगरपालिकाले चलाएको गार्मेन्टबाट उत्पादन भएको मास्क सबै वडाका ज्येष्ठ नागरिक, एकल महिला, मधुमेह, रक्तचापलगायत रोग लागि उच्च जोखिममा रहेकालाई वितरणका लागि वडा वडामा पठाएको छ । नगरपालिकाको वडा नं १ चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्वरो आई कोरोनाको शङ्का लागेका बिरामीलाई राख्न १० शय्या तयार पार्न लागिएको जनाइएको छ ।

लकडाउनका कारण अत्यावश्यक ग्यास, खाद्यान्नलगायतको अभाव हुनसक्ने भएकाले नगरपालिकाको अनुगमन समितिले नियमितरूपमा प्रहरीको सहयोग लिएर अनुगमनसमेत गरिरहेको छ । खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद गर्न पसल जाँदा सुरक्षित हुने गरी दुई मानिसका बीच दूरी कायम गर्न पनि नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group