ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अध्यक्ष प्रचण्डबाट चिनियाँ राष्ट्रपति सीसँग आग्रह


एबीसी न्यूज
१६ चैत्र २०७६, आइतबार   ५ : १९   बजे

काठमाडौं, १६ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अपिल गर्नूभएको छ ।

नेकपाको तर्फबाट बिहीबार चैत १३ गते राष्ट्रपति सीलाई एक विशेष पत्र लेख्दै अध्यक्ष प्रचण्डले उपरोक्त आग्रह गर्नु भएको हो । महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै अध्यक्ष प्रचण्डले चाँडोभन्दा चाँडो आवश्यक सामग्री पठाइदिन अनुरोध गरेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

यो स्थितिमा चीनले नेपाललाई गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने बताउँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएर जनजीवन सामान्य हुँदै गएकोमा बधाईसमेत दिनुभएको छ । कोरोना भाइरस चीनको वुहान सहरबाट सुरु भएको मानिएको छ । पछि यसलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको थियो ।

कोरोना भाइरसबाट चीनमा ८१ हजार मानिस संक्रमित भएका थिए । तीमध्ये तीन हजार तीन सयको मृत्यु भएको छ । विश्वभर यो महामारीबाट अहिलेसम्म ३१ हजार भन्दा बढिले मानिसको ज्यान गएको छ ।

आइतबार मात्रै चीनले चीनले कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्कलगायतका सामान नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu