ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा छ– मन्त्री ज्ञवाली


admin
१६ चैत्र २०७६, आइतबार   ६ : ०१   बजे

काठमाडौं, १६ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ ।  आज आफ्नो कार्यकक्षमा अन्तर्वार्ता क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको उल्लेख गर्दै विदेशबाट नेपाल वा नेपालबाट विदेशको यात्रा असुरक्षित हुने हुँदा जोखिम नलिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “संक्रमणको समयमा आफ्नो देश फर्कने चाहना हुन सक्ला तर विदेशबाट आएकाहरूबाटै संक्रमणको जोखिम देखिएकाले त्यस्तो जोखिम नेपालले लिन सक्दैन । विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीहरू अहिले जहाँ हुनुहुन्छ, त्यहाँ नै सुरक्षित रहनुस् । अत्तालिएर दौडादौड नगर्नुस् । अहिले तपाईँहरूलाई विदेशबाट नेपाल ल्याउन सकिने स्थिति छैन ।”कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य मन्त्री ज्ञवालीले श्रम र अध्ययनका लागि विदेश गएका नेपालीको सुरक्षाको स्थितिबारे आफूले नियोग र दूतावासबाट भिडियो कन्फरेन्स र अन्य माध्यमबाट नियमित अद्यावधिक गरिरहेको जनाउँदै त्यहाँका सरकारले पनि नेपालीहरूलाई आफ्ना नागरिक सरह व्यवहार र उपचार गर्ने प्रतिबद्धता गरेको बताउनुभयो । मन्त्री ज्ञवालीले ती मुलुकबाट श्रम करार सकिएका र प्रवेशाज्ञाको म्याद सकिएका र बढी समय विदेशमा बसिरहेका नेपालीलाई कानूनी अप्ठ्यारो नपर्ने विश्वास पनि दिलाइएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा रहेका विदेशी नागरिकको हकमा पनि स्वास्थ्य सुरक्षा र अन्य आवश्यक व्यवस्था गर्न नेपाल सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो ।

छिमेकी मुलुक चीनबाट हालै प्राप्त स्वास्थ्य उपकरण र औषधि आवश्यकता र औचित्यका आधारमा तत्काल प्रदेशस्तरमा पु¥याइने र धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नेपालगञ्ज, पोखरा, धनगढी र हेटौँडामा समेत कोरोना भाइरसको परीक्षणको दायरा विस्तार गरिने पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । छिमेकी भारतबाट पनि आवश्यक उपकरण र औषधिका साथै ‘¥यापिड रेस्पोन्स टिम’ द्रुत स्वास्थ्य टोली¬ लगायतको सहयोग प्राप्त हुने आश्वासन पाइएको मन्त्री ज्ञवालीको भनाइ छ ।उहाँले अहिलेको महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई उच्च प्राथमिकता दिई तिनलाई प्रोत्साहन र बीमाको व्यवस्था गर्न लागिएको बताउँदै महामारीविरुद्ध जुध्न जिम्मेवार राजनीतिक दल, नागरिक समाज र स्थानीय तहको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नो क्षमता र औचित्य देखाउने बेला यही हो । हामीले उहाँहरूरुबाट त्यही क्षमताको अपेक्षा गरेका छौँ ।”

लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, विरोधका लागि विरोध गर्ने र झुटा विवरण दिने प्रवृत्ति निरुत्साहन गर्दै यस्तो बेलामा पनि सरकारप्रति आशङ्का गर्ने, अनेकौँ अफवाह फैलाउने र कुण्ठाग्रस्त भई स्वार्थको रोटी सेक्न खोज्नु चिन्ताजनक विषय भएको मन्त्री ज्ञवालीको भनाइ छ ।लकडाउनको अवधि थपिने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भन्नुभयो, “सरकारलाई त्यस्तो सुझाव प्राप्त भएको छ, जनताले सुझबुझपूर्ण ढंगले संकटका बेला गरेको समर्थनप्रति सरकार आभारी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group