ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण


admin
१६ चैत्र २०७६, आइतबार   ६ : ०६   बजे

काठमाडौं, १६ चैत । नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमार्फत चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा मेडिकल सामग्री निगमले जिम्मा लगाएको हो ।

चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री बोकेर आएको वाइड बडी जहाज आज बिहान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता अर्चना खड्काले चीनबाट ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो । यसैबीच चिनियाँ दूतावासले कोभिड–१९ को रोकथाम तथा उपचारजन्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तर गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ती मेडिकल सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकाललाई हस्तान्तरण गर्नुभएको हो । चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गनुभएको हो ।

चीन सरकार र विभिन्न संस्थामार्फत आएको सहयोग स्वास्थ्य सामग्री चिनियाँ दूतावासमार्फत सरकारलाई हस्तान्तरण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले खरिद गरेको र चीन सरकार तथा त्यहाँका विभिन्न सामाजिक संस्थाले सहयोग गरेको मेडिकल सामग्री आएको हो ।

यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेशन, ज्याक मा फाउण्डेशन, चाइना सीएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनीलगायतले सामान पठाएको मन्त्रालयले जनाएको छ । चीनबाट एक लाख पीपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group