ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाल्पामा नागरिकबाट लकडाउनको पूर्ण पालना (भिडियोसहित)


एबीसी न्यूज
१७ चैत्र २०७६, सोमबार   ११ : ४४   बजे

काठमाडौं, १७  चैत ।  कोरोना भाइरसको सक्रमणबाट जोगिन सरकारले गरेको ‘लकडाउन’को पाल्पामा पालना गरिएको छ । लकडाउनबाट जिल्लाको जनजिवन प्रभावित त बनेको छ तर महामारी फैलाउने भाइरसको संक्रमणबाट जोगिन मानिसले लकडाउनलाई स्वीकार गरेका छन् । अत्यावश्क काम बाहेक कोहीपनि घरबाहिर निस्केका छैनन् । निस्किएका व्यक्तिहरु समेत माक्स लगाएर मात्र औषधी पसल तथा दूध डेरीसम्म मात्र पुगेका छन् । पाल्पा जिल्लाका दशैवटा स्थानीय तहले विभिन्न देशबाट आएका नागरिकको उच्च निगरानी राखेका छन ।

लकडाउनको कारण तानसेनका सबै व्यापारी पसल, उद्योगधन्दा पूर्ण रुपमा बन्द रहेका छन् भने चोक–चोकमा प्रहरी परिचालन भएका छन् । विश्वभर फैलिएको कोभिड–१९ को त्राससँगै भारत लगायत तेस्रो मुलकबाट जिल्लामा आएका एक हजार ५० जनालाई उच्च निगरानीमा राखिएको छ । जिल्लाका स्थानीय तहरुले आ–आफ्ना स्थानका नागरिकहरुलाई कोरोना भाइरसको सक्रमणबाट बच्न र बचाउन उच्च निगरानीमा राखेको र क्वारेन्टाईन निमार्ण गरेर काम गरेको रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्यालको भनाई छ ।

पाल्पामा बाहिरी मुलुकबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण उच्च रहने सम्भावना भएकाले स्थानीय तहहरुले होम क्वारेन्टाइनमा राखेर उनीहरुको उच्च निगरानी बढाएका छन । जिल्लाका १० वटै स्थानीय तहहरुले छुट्टाछुट्टै क्वारेन्टाइनको व्यवस्था मिलाएका छन् । जिल्लाको रैनादेवी छहरा गाउंपालिकामा जिल्लामै धेरै नागरिक भारतबाट आएका छन् । उनिहरुको सुरक्षामा खटिएको रैनादेवी छहराका प्रमुख प्रसासकिय अधिकृत खेत बहादुर खत्रीले जानकारी दिनु भयो ।

कोरोना भाइरसको उच्च जोखिम रहेकाले सरकारले सतर्कता अपनाउदै देशका विभिन्न सीमाहरु बन्द गरे पनि नेपाली नागरिकहरु गाउँ आउने क्रम रोकिएको छैन । पाल्पाबाट विभिन्न सीमा नाका हुँदै १ हजार ५० जना नागरिक जिल्ला प्रवेश गरेका छन् । जिल्लाको तानसेन रामपुर, बगनासकाली रम्भा, पुर्वखोला, तिनाउ, रैनादेवी छहरा, रिब्दीकोट, माथागढी र निस्दी गाउँमा भारत लगायत तेस्रो मुलुकबाट आएका १ हजार ५० जनालाई कोरोना भाइरसको सक्रमणबाट बच्न बचाउन उच्च निगरानीमा राखिएको छ ।

जिल्लाका दश वटा स्थानीयतहरुले ३ सयको हाराहारीमा क्वारेन्टाइन निर्माण गरे पनि ४७ वटा क्वारेन्टाइन बेड मात्र प्रयोगमा आएका छन् । पाल्पामा लकडाउनको पालना नर्गने केही युवा भने प्रहरीको कारवाहीमा समेत परेका छन । जिल्लामा खाद्यान्न, डिजेल, पेटोल र ग्यासको अभाव देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group