ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी


एबीसी न्यूज
१८ चैत्र २०७६, मंगलबार   ४ : ०१   बजे

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

उक्त धार्मिक कार्यक्रमा विभिन्न देशबाट धेरै ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । त्यसमध्ये १९ जना नेपालबाट पनि सहभागी भएको थाहा भएको छ । दिल्ली सरकारले धार्मिक कार्यक्रमस्थलबाट एक हजारभन्दा बढी मानिसहरुलाई विशेष बसहरुबाट उद्धार गरिएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सतेन्द्र जैनले देशभर लकडाउन घोषणा गरिएको र आपतकालिन अवस्था जारी भएको अवस्थामा त्यस खालको धार्मिक कार्यक्रम गर्नु गलत रहेको बताएका छन् । कार्यक्रममा १५०० देखि १७०० मानिसहरु सहभागी रहेको खुलेको छ । मन्त्री सतेन्द्र जैनले ३३४ जनालाई अस्पताल पुर्याइएको र ७०० बढीलाई क्वारेन्टाइनमा पठाइएको जानकारी दिएका छन् । कार्यक्रमस्थलमा स्वास्थ्यकर्मीहरुको एक विशेष टोलीलाई पठाएर सबै मानिसहरुलाई बाहिर निकालिएको बताइएको छ ।

धार्मिक कार्यक्रममा सहभागी भएका ६३ वर्षीय एक व्यक्तिको मृत्यु भएपछि दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकज कार्यक्रमका बारेमा खुलासा भएको थियो । मृत्यु भएका ती व्यक्तिको नमूना परिक्षणमा कोरोना पोजिटिभ भेटिएपछि सबै आत्तिएका थिए । त्यसपछि त्यहाँबाट थप ३३ जनालाई अस्पताल लगिएको थियो र उनीहरुमध्ये केहीमा कोरोना पोजिटिभ देखिएको थियो ।

स्वास्थ्यमन्त्री जैनका अनुसार १५ देशबाट उक्त कार्यक्रममा मानिसहरु सहभागी भएका थिए । त्यसमा सबैभन्दा बढी भारतको तमिलनाडु राज्यबाट सहभागी भएका थिए । भारतकै जम्मु काश्मिर, अन्डमान निकोमानबाट पनि ठूलो संख्यामा मानिसहरु आएका थिए । त्यसैगरी इन्डोनेशिया, मलेसिया, श्रीलंका, नेपाल लगायतका देशबाट पनि ठूलो सहभागिता रहेको थियो । यो सभा मार्च १५ देखि २१ गतेसम्मको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group