ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख ९७ हजार नाघ्यो, एकैदिनमा अमेरिकाका १३ सय भन्दा बढिको मृत्यु ( कहाँ कति संक्रमित सूचिसहित)


एबीसी न्यूज
२२ चैत्र २०७६, शनिबार   ६ : २८   बजे

काठमाडौं, २२ चैत । कोरोना भाइरस ( कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या १० लाख ९७ हजार ८ सय १० पुगेको छ । शनिवार विहान ६ बजे सम्मको तथ्यांक अनुसार १० लाख ९७ हजार ८ सय १० व्यक्ति संक्रमित भएका हुन् । मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा छ । ५९ हजार १ सय ४० जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै, संक्रमणबाट निको भएर घर फर्किनेको संख्या भने २ लाख २८ हजार ४ सय ५ पुगेको छ । कोरोना संक्रमणको इपिसेन्टर यूरोपबाट अमेरिका सर्दै गएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । अमेरिकामा संक्रमण दर उच्च रहेको छ । अमेरिकामा ज्यान जानेको संख्या ७ हजार नाघेको छ । चीन, इटली, स्पेनपछिको कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १३ सय भन्दा बढी संक्रमितको ज्यान गएपछि कुल मृतकको संख्या सात हजारमाथि पुगेको हो ।

अमेरिकाका उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फौसीले मृतकको संख्या छ हजार नाघेसँगै त्यहाँका सबै राज्यबाट घरभित्रै रहने आदेश जारी हुने विश्वास व्यक्त गरेका छन् ।

अमेरिकामा कोरोना संक्रमणदर उच्च बने पनि त्यहाँका राज्यहरूले अलग–अलग नियम बसालेका छन् । यसैबीच, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो नागरिकलाई मास्क र स्कार्फ लगाउन अपिल गरेको छ । संक्रमण दर उच्च बनेसँगै अमेरिकाले सतर्कता अपनाउन आफ्ना नागरिकहरूलाई अपिल गरेको हो ।
यद्यपि, यो नियम बाध्यकारी भने छैन । बीबीसीका अनुसार, राष्ट्रपति ट्रम्पले मास्क र स्कार्फ अनिवार्य नभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group