ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको सम्झनामा चीनमा आज राष्ट्रिय शोक मनाउने


एबीसी न्यूज
२२ चैत्र २०७६, शनिबार   ९ : ०१   बजे

काठमाडौं, २२ चैत । कोरोना संक्रमणबाट ज्यान गुमाएका देशभरका नागरिकको सम्झनामा आज १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गर्ने चीनको राज्य परिषदले जनाएको छ । जसअनुसार चीनले यस अवधिमा देशभर र विदेशमा रहेका सबै दूतावास तथा नियोगमा आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाउने छ। साथै सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको सिन्ह्वाले जनाएको छ । चीनले कोभिड–१९ को संक्रमणविरुद्धको लडाइमा मृत्यु भएका शहीदहरुको सम्झना आज शनिवार राष्ट्रिय शोक मनाउने भएको छ। भाइरस विरूद्धको युद्धमा मृत्यु भएका चिकित्सक, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ताहरूलाई राष्ट्रिय शहीदको मान्यता दिईने भएको छ ।

बिहान १० बजेदेखि चीनले मौनधारण गर्ने समयमा हवाइ गस्ती बन्द गर्नुका साथै लाउडस्पिकरबाट दिइने चेतावनीको ध्वनीसमेत बन्द गर्ने छ। सबै सवारी साधान, रेलहरु पनि रोकिनुका साथै हर्न बज्ने छैनन्। चीनको राज्य परिषदको कार्यालयले यस विषयमा सूचना जारी गर्दै सबैलाई अनुरोध गरेको छ।

चीनमा हरेक वर्ष मृतकहरुको सम्झना गरेर मनाइने पर्व छिङमिङ मनाउने छ। जुन यस वर्ष अप्रिल ४ र ५ मा परेको छ। टम्ब स्विपिङ डे को रुपमा मनाइने छिङमिङको अर्थ (पूर्ण चमक) हो। सौर्य मण्डलको २४ औं चक्र अनुरुप चिनियाँ पात्रो अनुसार दोस्रो चर्कमा यो पर्व पर्छ। यस पर्वका क्रममा चीनभर विदा दिइन्छ।

२५ सय वर्ष देखि यो पर्व चीनमा मनाइँदै आएको छ। यस पर्वका दिन आफ्ना पूर्वजहरुको सम्झना गरिन्छ। चिनियाँ हान समुदायहरुले विशेष गरी यो पर्व मनाउँछन्। चीनमा हान समुदायको बाहुल्यता छ। हान बाहेक अन्य ५५ वटा अल्पसंख्य समुदायहरुले पनि यसलाई मनाउँछन्। यस दिन उनीहरुले मसानघाटमा बनाइएका स्मृति स्तम्भहरुलाई बढार्ने गर्छन्।

सन् २००२ को मे २० मा चीनले पहिलो राष्ट्रिय पर्व तथा सांस्कृतिक सम्पदा कार्यक्रमको रुपमा सूचिकृत गरेको थियो। यस दिन चिनियाँहरुले आफ्ना पूर्वजहरुको सम्झनामा उनीहरुको स्मृतिमा निर्माण गरिएका ढुंगाको अभिलेखहरुको सफाइ गर्दै पुन निर्माण गर्छन्। पूर्वजहरुको पूजा गर्छन् र उनीहरुलाई खाना, चिया तथा रक्सी खुवाउँछन्। उनीहरुसँग आशिर्वाद लिन्छन्। यस पर्वलाई ताछिङ पर्वको रुपमा पनि मनाइन्छ। जसको अर्थ हरियो धागो हो। यसले वसन्तको आगमनलाई जनाउँछ। यो पर्वपछि जताततै हरियाली छाने विश्वास छ। यस पर्वका दिन चीनमा तीन दिन सार्वजनिक विदा दिइन्छ। यसपटक विदा शनिवार आइतवार र सोमवार दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group