ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्ली बस्न मान्दैनन् क्वारेन्टाइनमा


admin
२३ चैत्र २०७६, आइतबार   ३ : ०५   बजे

हुम्ला,२३ चैत । हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् । सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन अगाडिदेखि महिनाको रु ३० हजार तिर्ने गरेर एक घरनै भाडामा लगेर १६ शय्याको क्वारेनटाइन बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताउनुभयो । भारतबाट मजदूरी गरेर फिर्ता भएकाहरु कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताउनुभयो ।

ताजाँकोट गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताउनुभयो । जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० सिमकोटमा छन् ।जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्ती मगरका अनुसार जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आआफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खाली छन् । जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहर र भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीन गाउँपालिकाका क्वारेनटाइन प्रयोगमा

सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वारेनटाइन प्रयोगमा आएका छन भने अन्य पालिकामा रहेका क्वारेनटाइन खाली छन् ।जिल्ला बाहिरबाट आएकाहरू गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल रित्तै छन् । सिमकोटमा निर्माण गरिएका ५० शय्याको क्वारेन्टाइनमा हालसम्म ३० तथा तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजीक चर्चमा नौ जना बसेका छन् । तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वारेनटइनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई गाउँपालिका स्वास्थ्य सामग्री खरीद गर्दै

कोरोना संक्रमणविरूद्धको लडाइँका लागि सिमकोट र खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य उपकरण र औषधि खरीद गर्न लागेका छन् । सिमकोटले रु १० लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र औषधि खरीद गरिसकेको छ । सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा रहेका व्यक्तिलाई जाँच गर्न तथा कोरोनाविरुद्ध खटिएका पालिकाका स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नाका लागि आवश्यक उपकरण र चाहिने औषधि खरीद गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताउनुभयो ।

पालिकाले ३० थान पिपिई, १६ थान थर्मोगन, दुई हजार पाँच सय थान सर्जिकल मास्क, एक हजार थान सर्जिकल ग्लोब्स, साठी पोका लुज ग्लोभ्स, एक सय थान एन नाइन्टिन मास्क र २५० थान सेनिटाइजरसहित अन्य आवश्यक औषधि खरीद गरेको सिमकोटका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो ।यस्तै खार्पुनाथ गाउँपालिकाले पनि कोरोना संक्रमणका लागि जाँच गर्ने आवश्यक उपकरण् आफैँ खरीद गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group