ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन नेपालसँग साथमा छ, आवश्यक चिकित्सा सामाग्री उपलब्ध गराउँछ : राजदूत होउ


एबीसी न्यूज
२४ चैत्र २०७६, सोमबार   ९ : ५६   बजे


काठमाडौं, २३ चैत  । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीनको केन्द्रीय सरकारले नेपाललाई कोभिड १९ नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सा सामाग्री सहयोग स्वरुप उपलब्ध गराउने बताउनु भएको छ ।

नेपाली पत्रकारहरूका प्रश्नहरू लिखित जवाफ दिदै उहाँले सो कुरा बताउनु भएको हो । जवाफमा उहाँले यस विषयमा दुई देशका सरकार सम्पर्कमा रही रहेको पनि स्पष्ट पार्नु भएको छ ।

नेपालमा कोरोनासँग जुद्धन चीनले के सहयोग गर्छ ? भन्ने प्रश्नको जवाफमा राजदूत होउले चीन कोरोना विरुद्धको लडाइँका क्रममा निकै अफ्ठयारो अबस्थामा रहेका बेला सबै नेपालीले चीनप्रति देखाएको समर्थन र सहयोगलाई चीनले कहिले नभुल्ने बताउनु हुँदै अहिले केही स्थानीय सरकारहरू र नागरिक समाजले नेपाललाई आवश्यक बस्तुहरू सक्रिया रुपमा संकलन कार्य गरी रहेको पनि स्पष्ट पार्नु भएको छ ।
अहिले चीनमा कोरोना संक्रमणको अबस्था कस्तो छ ? भन्ने प्रश्नको जवाफमा राजदूत होउले चीनको कोरोना विरुद्धको लडाइँ अझै नसकिएको र कतिपय बाहिरबाट आउन सक्ने संक्रमणका घटनालाई कसरी रोक्ने भन्ने विषयमा चीन निकै दवाबमा रहेको पनि स्पष्ट गर्नुभयो ।
पत्रकारहरूले नेपाल सरकारले चीनबाट किनेका कोरोना विरुद्धका सबै सामाग्री सरकारी च्यानलबाट सिफारिस गरिएका थिए र ती सबै गुणस्तरीय थिए त रु भन्ने प्रश्नको जवाफमा उहाँले विश्वमा चिकित्सा सामाग्रीको फरक स्टयाण्डर रहनु सामान्य कुरा रहेको उल्लेख गर्दै चीनले निर्यातमूलक गुणस्तर नियन्त्रणलाई उच्च प्राथमिकता दिने गरेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका गुणस्तर नभएका सामान निर्यात गर्न नदिने गरेको बताउनुभयो ।

साथै नेपालले चीनबाट केही दिन अघि ल्याएका चिकित्सा सामान चीन सरकारको सिफारिस गरेको थियो त भन्ने बारेमा उहाँले यदि कुटनीतिक च्यानल मार्फत माग भएमा दूताबासले सो कुरा मुख्यालयमा जानकारी गराएर क्वालिफाइड प्रोभाइडरको सूची पठाउने थियो भन्दै गत विहीबार आएका समान भने बेइजिङ्स्थित दूताबासबाट चीन सरकारसँग व्यापारिक आग्रह गरेको आधारमा प्राप्त भएको स्पष्ट गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu