ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लुएचओको स्थापना दिवस : विश्वसनीय सूचना सम्प्रेषणका लागि मन्त्री ढकालको आग्रह


एबीसी न्यूज
२५ चैत्र २०७६, मंगलबार   १० : १५   बजे


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज सन्देश दिँदै कोरोना भाइरसका कारण उत्पन्न वर्तमान संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना सम्प्रेषणका लागि आग्रह गर्नुभएको छ ।
मन्त्री ढकालले आम सञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले कोभिड—१९ सम्बन्धी जानकारी, खोजमूलक, वस्तुपरक र वास्तविक सूचनाको प्रभावकारी र विश्वसनीय सम्प्रेषणले मात्र समाजमा सकारात्मक योगदान पु¥याउने उल्लेख गर्दै यस कार्यका लागि सम्पूर्ण सञ्चारकर्मीबाट रचनात्मक भूमिकाको अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री ढकालको सन्देशको पूर्ण विवरण ः

“आज भन्दा ठिक ७२ वर्ष अगाडि दोस्रो विश्वयुद्धले थिलथिलो भएको विश्वको स्वास्थ्य स्थितिलाई सुधार गर्दै स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्ने ध्येयले स्थापित विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०को स्थापना दिवसको यस अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कोभिड–१९ महामारीको यस परिस्थितिमा “नर्स र मिडवाईफहरुलाई सहयोग गरौं” भन्ने नाराका साथ मनाउन लागिएको “विश्व स्वास्थ्य दिवश २०२०” ले नर्स, मिडवाईफ लगायत सम्पूर्ण चिकित्साकर्मीहरुको महत्वलाई अझ बढवा दिएको छ । मानव जातिकै अस्तित्वमाथि धावा बोलिरहेको यो महामारी विरुद्धको लडाइँको अग्रमोर्चामा रहेर सम्पूर्ण स्वास्थ्यकर्मीहरुले अदम्य सहास र उत्साहका साथ मानव स्वास्थय रक्षाका खाति गरिरहनु भएको अमूल्य योगदानप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।

सरकारको तर्फबाट चिकित्साकर्मीलाई सुरक्षा सामाग्री बिना काम गर्ने परिस्थितिको सिर्जना हुन दिदैनौँ । कोभिड–१९ को बेला सरकारी, निजी वा गैरसरकारी सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मी, चिकित्सामा संलग्न सबैलाई सत प्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउने र २५ लाखसम्मको बीमाको व्यवस्था गर्ने निर्णय नेपाल सरकारले गरिसकेको छ । त्यसैगरी देशभरी छरिएर रहनुभएका ५२ हजार भन्दा बढी महिला स्वास्थ्य स्वयं सेविका दिदी–बहिनीहरु, जसले नेपालको स्वास्थ्यस्थिति सुधार्न अत्यन्त ठूलो योगदान दिनुभएको छ उहाँहरुलाई कोभिड–१९ सम्बन्धी चेतना अभिवृद्धि गर्ने अभियानमा संलग्न हुन नेपाल सरकार हार्दिक आह्वान गर्दछ । यस अभियानमा संलग्न महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई थप १ हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय समेत नेपाल सरकारले गरिसकेको छ ।

यस विषम परिस्थितिमा कोभिड—१९ रोग फैलिन नदिन लकडाउनको विकल्प छैन । विभिन्न देशबाट स्वदेश फर्किनु भएका आम दाजुभाइ तथा दिदीबहिनीहरुले सरकारले निर्धारण गरेको क्वारेन्टाइनमा बसी गर्नुभएको सहयोगको लागि हार्दिक धन्यवाद दिँदै आगामी दिनमा समेत यहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दछौँ । क्वारेनटाइनमा रहनुभएका सम्पूर्ण व्यक्तिहरुले जाँच गराइ कोभिड–१९ संक्रमण नभएको निश्चित गरेर मात्र आफ्नो घर जानु हुनेछ ।

यस्तो संवेदनशील परिस्थितिमा आम सञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले कोभिड—१९ सम्बन्धी जानकारी, खोजमूलक, वस्तुपरक र वास्तविक सूचनाको प्रभावकारी र विश्वसनीय सम्प्रेषणले मात्र समाजमा सकारात्मक योगदान पु¥याउने छ । यस कार्यका लागि सम्पूर्ण सञ्चारकर्मी मित्रहरुबाट रचनात्मक भूमिकाको अपेक्षा गर्दछु ।

हाल नेपाल कोभिड–१९संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । अझै थप संक्रमण हुन नदिन आम जनसमुदाय, तीनै तहका सरकार र सम्बद्ध सम्पूर्ण सरोकारवालाहरुलाई थकाई नमारिकन निरन्तर खट्न, जुट्न र एकताबद्ध प्रयास गर्न हार्दिक अपिल गर्दछु । कथमकदाचीत कोभिड–१९ को महामारी फैलिएर बिरामी हुने स्थिति र अस्पतालमा उपचार गर्नुपर्ने स्थितिको सिर्जना भए बिरामीको उपचारका लागि काठमाडौं उपत्यका भित्र ५ वटा र उपत्यका बाहिर १३ वटा गरी १८ वटा कोभिड–१९ विशेष अस्पताल तयार गरिएको छ । त्यहाँ कार्यरत चिकित्साकर्मीहरुले उच्च मनोबलका साथ उपचार तथा स्वास्थ्य सेवा दिने प्रबन्ध मिलाइएको छ । त्यस्तो बेलामा कार्यरत चिकित्साकर्मीहरुलाई उचित बसोबासको प्रबन्ध गरिएको छ । बिरामीको उपचारमा कुनै कमी हुन नदिन सरकारी तथा नीजि क्षेत्रका सम्पूर्ण अस्पताल, चिकित्सक, नर्स, मिडवाईफ लगायत स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहनु भएकोमा पुनः आभार व्यक्त गर्दछु ।

विश्व स्वास्थ्य दिवश २०२० को उपलक्ष्यका नर्स र मिडवाईफहरुलाई मात्रै होइन सम्पूर्ण चिकित्साकर्मीहरुलाई समेत सबैले सहयोग गरौं । उहाँहरुको मनोबल उच्च राख्न हामी सबै जुटौँ । महामारी रोकथाम र नियन्त्रणमा सहयोग गर्नुहुने विभिन्न संघसंस्था, व्यवसायी, समाजसेवी, राष्ट्रसेवक र सुरक्षकर्मी एवं आम जनसमुदायप्रति नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मेरो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu