ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई चिनिया एनजीएओबाट हात धुने सामाग्री सहयोग


एबीसी न्यूज
२७ चैत्र २०७६, बिहिबार   ३ : ०६   बजे

काठमाडौं, २७ चैत । चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपाल (सीएफपीए) र गुडविल फाउन्डेसन (जीडब्लुएफ)ले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन समुदायस्तरलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

चीनका यी दुई संस्थाले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतनामुलक कार्यक्रम गर्दै विभिन्न स्थानीय तहमा हात धुने सामानहरु समेत वितरण गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाअध्यक्षलाई सीएफपीए र जीडब्लुएफले २०० लिटर क्षमताको ट्यांकी सहित २० वटा हातधुने सामाग्री हस्तान्तरण गरेका छन् । राजधानीको मुख्य पर्यटकीय क्षेत्र ठमेल रहेको १७ नं. वडालाई हस्तान्तरण गरेका यी हातधुने सामाग्री लकडाउनको बीचमा अत्यावश्यक कामका लागि घर बाहिर निस्कनपर्ने आम सर्वसाधारणलाई सडक किनारामै हातधुन सहयोगी विश्वास गरिएको छ ।

यसैगरी सीएफपीए र जीडब्लुएफकै सहयोगमा दक्षिणकाली नगरपालिकामका विभिन्न स्थानमा हात धुने ठाउँ बनाइएको छ । नगरपालिकाका प्रतिनिधिलाई हात धुने सामाग्री हस्तान्तरण गरिएको हो । यस्तै, कीर्तिपूर नगरापालिका, ललितपुर र प्रदेश २ को जनकपुरमा पनि १०५ वटा हात धुने सामानहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

यी दुवै चिनिया संस्थाले नेपालमा गरिबी निवारण र शिक्षाको क्षेत्रमा काम गर्दै आएका छन् । गुडविल फाउन्डेशनले केही दिन अघि चीनको गन्जाओस्थित नेपाली महावाणिज्यदूतबासलाई ५० हजार मेडिकल मास्क सहयोग हस्तान्तरण गरेको थियो । २०७२ को विनाशकारी भूकम्पको समयमा पनि गुडविल फाउन्डेशनले उद्दार तथा राहतमा सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu