ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि १०१ किलोमिटर सीमाक्षेत्र शिल


एबीसी न्यूज
२९ चैत्र २०७६, शनिबार   ७ : १५   बजे


अत्तरिया, २९ चैत । सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा मानिस भारतबाट नेपाल भित्रिन सक्ने भन्दै सीमानाकालाई पूरै शिल गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर गणपति कमल तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार कैलालीको १०१ किलोमिटर लामो सीमानाकाका १९ स्थानमा प्रहरीको अस्थायी जाँचचौकी र ७३ स्थानमा सेन्ट्री स्थापना गरी निगरानी बढाइएको छ । भारतसँग खुला सिमाना भएका कारण लकडाउनको समयमा कोही पनि नेपाल भित्रिन नदिन सशस्त्र प्रहरीले सीमानाकामा सुरक्षाका साथै निगरानी गर्दै आएको तिमिल्सिनाको भनाइ छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि मुख्य त्रिनगर र खक्रौला नाका बन्द भएकाले लुकीछिपी अन्य खुला नाकाबाट आवतजावत हुन सक्ने भन्दै सीमानाका शिल गरेर सुरक्षा दिइरहेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरीले सरकारले गरेको लकडाउनदेखि नै त्रिनगर र खक्रौला नाकाबाहेक भारतसँग जोडिएका खुला सीमानाकामा सुरक्षासँगै निगरानी गर्दै आइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमित साधन स्रोतका बाबजुत सीमा क्षेत्रमा २४सैँ घण्टा सर्वसाधारणको आवागमनमा पूर्णरुपमा रोक लगाएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशभर ४३ वटा सीमा सुरक्षा जाँचचौकी रहेका छन् । सशस्त्र प्रहरीले दक्षिण र पश्चिममा ५५० किलोमिटर सीमानाकामा सुरक्षा गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group