ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट सवैभन्दाबढी प्रभावित अमेरिका : १२ घण्टामा १ हजार बढीको मृत्यु ५ हजार संक्रमित


एबीसी न्यूज
२९ चैत्र २०७६, शनिबार   १० : २१   बजे

काठमाडौं, २९ चैत । कोरोना भाइरसको संक्रमण र मृत्यु दुवै हिसाबले सबैभन्दा बढी प्रभावित देशमा अमेरिका अगाडि आएको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा पाँच लाख ७ हजार ७ सय ८० संक्रमित छन् भने १९ हजार ८ सय १६ जनाको मृत्यु भएको छ । वितेको १२ घन्टामा १ हजार ६९ जनाको ज्यान गएको छ ।

यसअघि बढी मृत्यु हुनेमा इटाली अगाडि थियो। इटालीमा १८ हजार ८ सय ४९ जनाको ज्यान गएको छ। इटालीमा एक लाख ४७ हजार पाँच सय ७७ जना संक्रमित छन्।

अमेरिकामा संक्रमितमध्ये २८ हजारमात्र निको भएका छन्। हालसम्म स्पेनमा १६ हजार ४ सय ६८ र फ्रान्समा १३ हजार एक सय ९७ जनाको ज्यान गएको छ। बेलायतमा पनि ९ हजार ८ सय ७५ जनाको मृत्यु भएको छ।

विश्वभर हालसम्म १७ लाख ३३ हजार ९४५भन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ६ हजार ५१८ जनाको मृत्यु भएको छ। त्यस्तै विश्वभर ५० हजार २७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट अमेरिकाको एउटै शहर विश्वका अरु देशभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा न्युयोर्क सबैभन्दा बढी प्रभावित छ। न्युयोर्कमा एक लाख ७२ हजार ३ सय ५८ जना संक्रमित छन् भने ७ हजार ८ सय ४४ जनाको ज्यान गएको छ। न्युयोर्कमा जति संक्रमण विश्वका अरु कुनैपनि देशमा भएको छैन। स्पेनमा एक लाख ६१ हजार ८ सय ५२ जना संक्रमित छन् भने फ्रान्समा एक लाख २४ हजार ८ सय ६९ र जर्मनीमा एक लाख २२ हजार ८ सय ५५ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu