ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड १९ : १९ लाख ४८ हजारभन्दा धेरै संक्रमित, चार लाख ६० हजार ५ सय ४१ जना उपचारपछि निको


एबीसी न्यूज
२ बैशाख २०७७, मंगलबार   ९ : १२   बजे

काठमाडौ, २ वैशाख ।   विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण १९ लाख ४८ हजार ६१९ सङ्क्रमित भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको सङ्क्रमणबाट १९ लाख ४८ हजारभन्दा धेरै सङ्क्रमित भएका हुन् । यो समाचमार तयार गर्दा सम्म सङ्क्रमितमध्ये चार लाख ६० हजार ५ सय ४१ जना उपचारपछि निको भएका छन् । त्यस्तै एक लाख २१ हजार ८७४ भन्दा धेरैको ज्यान गएको छ ।

कोरोना सङ्क्रमणका कारण अमेरिकामा मात्रै २३ हजार ७ सयभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा ६ सय ७१ जनाको ज्यान गएपछि न्युयोर्कमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १० हजारभन्दा धेरै भएको गभर्नर एण्ड्रयु केओमोले पुष्टि गरेका छन् । अमेरिकामा पाँच लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।

यस्तै इटलीमा २० हजारभन्दा धेरै, स्पेनमा १७ हजार सात सयभन्दा धेरै, फ्रान्समा १४ हजार ९ सयभन्दा धेरै र बेलायतमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा विश्वका विभिन्न देशमा पाँच हजार तीन सय सातभन्दा धेरैको ज्यान गएको छ । ६९ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् । जसमध्ये भारतमा १२ सयभन्दा धेरै बिरामी थपिएर कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ भने तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu