ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरटी र्यापिड डाइग्नोस्टिक टेष्ट भनेको के हो ? किन पोजेटिभ आयो भनिन्छ कारण यस्तो हो


एबीसी न्यूज
४ बैशाख २०७७, बिहिबार   ६ : ३५   बजे

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने बित्तिकै कोरोना छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुन आरडिटी गराउनु पर्छ । त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा हुनुहुन्छ उनीहरुलाई आरटी पिसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

अहिले धेरै सुनिने शब्द हो, आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण । कोहि व्यक्ति कोरोना संक्रमित छ कि छैन भनेर परीक्षण गर्ने यो विधिबारे यथार्थ जानकारी नहुँदा ¥यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिने बित्तिकै हामी कोरोनै लागेको हो भन्ने भ्रममा पर्दछौँ । तर यथार्थमा आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण भनेको के हो र यसको परीक्षण कसरी गरिन्छ, यसबारे जानकारी राखौँ । आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गराईएको जानकारी यस्तो छ ?

कोभिड १९ को संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणहरु दुई प्रकारहका छन् । रियल टाइम (आरटी) पीसीआर र द्रुत परीक्षण किट (¥यापिड डाइग्नोस्टिक टेष्ट) को प्रयोग गरी गरीने परीक्षण ।

(आरटी) पीसीआर विधि स् भनेको शरीरमा भाइरस भए नभएको नै पत्ता लगाउने विधि हो । कोरोनाको भाइरस मानिसको शरीरभित्र थुकको छिट्टा मार्फत मुख, नाक वा आँखाबाट प्रवेश गर्छ । त्यसपछि करिब ५ देखि ७ दिनसम्म शरीरमा भाइरसको संख्या वृद्धि भइसक्छ र यो बेला मानिसको घाँटी, नाक वा सासनलीबाट खकारको नमुना लिई आरटी पीसीआर विधिबाट परीक्षण गर्दा भाइरस देखिन्छ । यो भाइरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरीरमा फैलिन्छ । अनि तेस्रो हप्तादेखी विस्तारै कम हुँदै जान्छ ।

त्यसैले आरटी पीसिआर विधिले जाँच गर्दा तेस्रो हप्तादेखि भाइरस कम देखिने वा नदेखिने पनि हुन सक्छ । तर शरीरमा भाइरस प्रवेश गरेपछि यो भाइरस विरुद्धको एण्टीवडी विकास हुन थाल्छ । हालसम्म्को अध्ययन अनुसार भाइरस प्रवेश गरेको ७ दिनदेखि आरजी ‘एम’ नामको एण्टीवडी बन्छ, यस्तो आइजीएम करिब एक महिनासम्म कम हुँदै जान्छ र करिब १४ दिनदेखि आइजी ‘जी’ नामको एण्टीबडी उत्पादन हुन्छ जुन चाहिँ केही लामो समयसम्म रहन सक्छ । आइजीएमले संक्रमण भर्खरै भएको संकेत गर्छ भने आइजीजीले संक्रमण केही पुरानो हो भन्ने बुझाउँछ ।

हाल कोरोना परीक्षणको लागि प्रयोग हुने ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) पनि कोरोना विरुद्धको यहि एण्टीवडी देखाउने हो । त्यसैले द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक हप्ता अघि नै कोरोनाको संक्रमण भएको भन्ने बुझिन्छ किनभने कोरोनाको एण्टीबडी विकास हुन कम्तिमा ७ दिन लाग्छ । त्यसैले कोरोना संक्रण भएको शुरुको अवस्थामा ¥यापिड डाइग्नोस्टिक टेष्ट किटबाट जाँच गर्दा नेगेटिभ देखिन सक्छ । त्यसैले कोरोना संक्रमणको सुरुको हप्तामा आरटी पिसीआरबाट र दोस्रो हप्ता कटेपछि ¥यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना बढी हुन्छ ।

साधारणतय, आरडिटीबाट नेगेटिभ आएको आरटी पिसीआर जाँचबाट पोजेटिभ देखिएमा कोरोना संक्रमणको सुरुको अवस्था हो । दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुई हप्ता अघि संक्रमण भएको भन्ने बुझिन्छ । आरटीडी पोजेटिभ र आरटी पिसीआरमा नेगेटिभ भए कम्तिमा ३ हप्ता अगाडि कोरोना संक्रमण भएको थियो र यसको विरुद्धको प्रतिरक्षा गर्ने एण्टीबडी उत्पादन भएको भन्ने बुझिन्छ ।

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने बित्तिकै कोरोना छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुन आरडिटी गराउनु पर्छ । त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा हुनुहुन्छ उनीहरुलाई आरटी पिसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group