ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोकभोकै ‘ड्युटी’ गर्ने प्रहरीलाई नागरिकको खाजा


sharan sharan
१० बैशाख २०७७, बुधबार   ३ : ५२   बजे

बुटवल, १० बैशाख ।
चैत्रको तेस्रो सातादेखि सडकमा पैदल यात्रा गरिरहेका श्रमिकहरुलाई लगातार खाना खुवाउने काममा सक्रिय बुटवल उप महानगर पालिका वार्ड नम्बर १ को टोलिले आजबाट लकडाउन कार्यान्वयनमा खटिईरहेका सुरक्षाकर्मीलाई खाजा खुवाउन सुरु गरेको छ ।
सरकारले लकडाउनको घोषणा गरेसंगै चर्को घाममा नगरका बिभिन्न चोकहरुमा ड्युटि गरिरहेका सुरक्षा कर्मीलाई हरेक दिन खाजा खुवाईने टिमले जनाएको छ । एबिसी न्युजले सडकमा भोकै श्रमिकहरु पैदल यात्रा गरिरहेको खबर प्रशासरण गरे लगत्तै उपमहानगरको वार्ड नम्बर १ का अध्यक्ष महेन्द्र लिगलको अगुवाईमा पुरानो बटौलीको युवाहरु संलग्न टोलि बनेको थियो । टोलीले हाल सम्म १ हजार १ सय बढी श्रमिकहरुलाई सडकमै खाना बनाएर खुवाएको छ ।
सडकमा पैदल आउने श्रमिकहरुको संख्यामा कमी आए संगै टोलि सुरक्षामा खटिने प्रहरीहरुलाई खाजा खुवाउने काममा जुटेको टोलिका अगुवा वार्ड अध्यक्ष महेन्द्र लिगलले बताउनु भयो । तराईको चर्को गर्मीको प्रबाह नगरि सरकारको निर्देशन कार्यान्वयन गर्न जुटेका प्रहरीहरुलाई ड्युटि छाडेर खाजा खान जाने अवसर नमिल्नुका साथै लकडाउनका कारण नगर क्षेत्रमा होटल रेष्टुरेन्टहरु समेत बन्द भएकाले उनीहरुलाई खाजाको ब्यवस्था गरिएको लिगलले बताउनु भयो ।
बुटवल आसपासमा मात्र १०० बढी सुरक्षाकर्मीले लकडाउन पालना गराउने क्रममा बिहान देखि बेलुका सम्म ड्युटी गरिरहेका छन् । सामान्यबेला चोक र बजार क्षेत्रमा होटल रेष्टुरेण्टहरुमा चिया खाजा खाने गरेका सुरक्षाकर्मीले लकडाउनका कारण सबै बजार बन्द भएपछि भोकै खटिन बाध्य बनेका हुन् ।
आज मात्र टोलिले बुटवल उपमहानगरका बिभिन्न चोकहरुमा खटिएका ६० बढी सुरक्षाकर्मीलाई खाजा बितरण गरेको थियो । लकडाउन कायम रहंदा सम्म सुरक्षाकर्मीहरुलाई भोकै ड्युटि गर्नु नपर्ने गरि खाजाको ब्यवस्था गरिने टोलिले बताएको छ । टोलिका अनुसार हरेक दिन नेपाली परम्परा अनुसारका परिकारहरु बनाएर खाजा बितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group