ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश २ बाट चार जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदै


एबीसी न्यूज
१४ बैशाख २०७७, आइतबार   ९ : २४   बजे

जनकपुर, १४ बैशाख । प्रदेश २ मा चार जना कोरोना संक्रमित निको भएका छन्। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ भारतीय जमाती र रौतहटका एक युवक कोरोना भाइरसलाई जित्न सफल भएका हुन्।

उपचारका क्रममा गरिएको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई आज डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ। उनीहरुको चार वटा परीक्षण भएको र जसमध्ये पहिलो र दोस्रो पोजेटिभ आयो तर तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागेको अस्पताल प्रमुख डाक्टर मदन उपाध्यायले बताउनुभयो ।

निको भएका तीन भारतीय जमाती वीरगन्ज महानगरपालिका २ छपकैयास्थित मस्जिदमा बसेका थिए। प्रशासनले थाहा पाएपछि २१ जनालाई नियन्त्रणमा लिए। जसमध्ये तीन जनामा कोरोना संक्रमणको पुष्टि गत चैत ३० मा भएको थियो। निको भइसकेका ती तीनजना ३७, ४४ र ५५ वर्षीय पुरूष छन्। उनीहरुलाई आइसोलेसनबाट डिस्चार्ज गरेपनि क्वारेन्टाइनमा राखिने डाक्टर उपाध्यायले जानकारी दिनुभयो । आज डिस्चार्ज हुने उनीहरु भारतीय भएको र अहिले लकडानका कारण घर जान पाउँदैनन्। त्यसैले तत्काल क्वारेन्टाइनमै राखिनेछ अस्पतालले जनाएको छ ।

यस्तै रौतहटका १९ वर्षीय युवकमा वैशाख १ मा कोरोना संक्रमणको पुष्टि स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको थियो। उपचारपछि कोरोनालाई हराएका उनलाई अस्पतालले आजै डिस्चार्ज गरी घर पठाउने बताइएको छ। अब नारायणी अस्पतालमा कोरोना संक्रमित सर्लाहीका १४ वर्षीय किशोरको उपचार मात्र जारी रहन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu