ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुराष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा प्रकृया रोक्न आयोगमा निवेदन दर्ता


एबीसी न्यूज
१४ बैशाख २०७७, आइतबार   ५ : ३७   बजे

काठमाडौं, १४ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ।

नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिनुभएको हो ।

दुवै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित भएको उल्लेख गर्दै दल दर्ताको प्रकृया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताउनुभयो ।

बहुराष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा प्रकृया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उहाँको भनाइ छ । ‘पार्टीले प्रयोग गर्ने भनिएको झण्डासमेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकाले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर पर्छ’, उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रत्येक सदस्य राष्ट्रको सार्वभौमिकतालाई प्रत्येक सदस्य राष्ट्रले मान्यता दिनुपर्ने प्रवधान विपरित छ ।’

नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दल दर्ता प्रकृया रोक्न माग गरिएको अभिवक्ता ढकालले बताउनुभयो । युवासंघ नेपालका सह–संयोजक रमेश पौडेलले जातिय रुपमा समाज विभाजित गर्ने, देशलाई खण्डखण्ड गरेर टुक्राउने चलखेल भइरहेकाले त्यसलाई रोक्न पनि दर्ता प्रकृया रोक्न माग गर्नुभयो ।

बिहीबार राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भइ बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।

दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group