ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको आशंकामा पटक पटक परीक्षण गरेपछि देखियो कोराना पोजेटिभ


एबीसी न्यूज
१५ बैशाख २०७७, सोमबार   १२ : १९   बजे

झापा, १५ बैशाख । दुई पटक आडिटी (यापिड डाइनोष्टिक टेष्ट) नेगेटिभ र दोश्रो पटकको पिआर रिपोर्टमा मात्र पोजेटिभ देखिएका झापाका दोश्रो संक्रमितको समेत ‘कन्ट्याक्ट ट्रेसिङ’को लिन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाका माहामारी फोकल पर्सन जीवन चौम्लागाईका अनुसार झापाको बाह्रदशी गाउँपालिका ४ र ५ को सीमा क्षेत्रमा रहेको चकचकी बजारका ५० बषिय एक पुरुषमा दोश्रो पिसिआर रिपोर्टमा हिजो कोभिड १९ पोजेटिभ पुष्टि भएको हो ।

उनको बैशाख १० गते पहिलो पटक पिसिआर रिपोर्ट लिएको थियो । यसमा नेगेटिभ देखिएपछि पुन ४ दिन पछि परिक्षण गरिएको थियो । यस अघि उनको आरडिटी समेत नेगेटिभ देखिएको थियो । उनी लामो सयम भारतमा बस्ने गरेका र मुश्लिम धर्म गुरु समेत रहेकाले उनीमाथि कोरोनाको आशंकामा पटक पटक परीक्षण गरिएको थियो ।

उनी भारतको दिल्लीमा केही महिना अघि भएको मुश्लिम धर्मको जमादीमा समेत सहभागि भएर ३५ दनि अघि आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले जानकारी दिनुभयो । स्थानीय मदर्शामा समेत अध्यापन गराउदै आएका उनीमा कुनै लक्षण भने देखापरेको थिएन । यसरी संक्रमण पुष्टि भएपछि उनको ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम अघि बढाइएको अध्यक्ष राजवंशीले जानकारी दिनुभयो ।

संक्रमित ब्यक्ती धेरै हिडडुल र जनसम्पर्कमा गइरहने भएकाले उनी कहाँ कहाँ कति समय बिताए परिवारका सदस्य सहित आफन्त र जनसम्पर्कमा रहेका मानिसको खोजी गर्न थालिएको छ । संक्रमण देखिएको पुष्टि भएपछि सोमबार बिहान बसेको स्थानीय तहको बैठकले गाउँपालिका शिल गरेर सर्बसाधारणलाई आवतजावतमा प्रतिबन्ध लगाइएको बताइएको छ । संक्रममित ब्यक्तिको मोरङको बिराटनगर स्थित कोशी अस्पतालको काभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको जनाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । संक्रमितलाई अहिलेसम्म कुनै लक्षण समेत देखा नपरेको जनाइएको छ ।

यस अघि झापाकै दमक नपा ३ का एक ६२ बर्षिय पुरुषमा समेत संक्रमण देखा परेको थियो । दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीका अनुसार दमकमा सो क्षेत्र शिल गरेर आइतबार ७२ जनाको परीक्षण गरिएको छ । त्यस मध्ये संक्रमितसँग नजिक रहेका ५० जनाको भने पिसिआर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोपामा पठाइएको छ । अन्यको आसपासका मानिसको भने आरडिटी परीक्षण गरिएको छ । यो परीक्षणको नतिजा भने आउन बाँकी रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु विपद्को विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्छ : प्रधानमन्त्री शाह

३२औँ ज्ञान कार्निभल सुरु, बास्केटबलमा रातो बंगला र एलआरआईको विजयी सुरुआत

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu