ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको सफल उपचारले ल्याएको खुशीको सीमा छैन : डा पोखरेल


एबीसी न्यूज
१५ बैशाख २०७७, सोमबार   ३ : ०१   बजे

“कहिलेकाहीँ लाग्छ चिकित्सक पेशा जस कम र अपजस बढी हुने पेशा हो । सन्तुिष्टका पल भेटिन्छन् । पेशाप्रति जिम्मेवार भएर लागिरहँदा जुन सफलता मिल्छ त्यसले अपजसमा अल्झिन दिदैँन ।” यी अनुभूति धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ट डा शैलेन्द्र पोखरेलका हुन् ।

चिकित्सक पेशाको १५ वर्षीय दौडानमा उहाँले धेरैपल्ट हर्ष र विस्मातका परिवेशसँग ठोकिनुपरेको छ । बिरामीको उपचारमा मिल्ने सफलताले दिलाएको हर्ष र उपचार सम्भव नहुँदा आँखा अगाडि बिरामीले संसार छोडेका धेरै घटनाले उहाँलाई दुःखी बनाएको छ ।

उहाँलाई पछिल्लो पटकको मिलेको सन्तुष्टि भनेको कोराना सङ्क्रमित अंशु र मनकुमारीलाई निको बनाएर घर फर्काउँदाको हो । उहाँले भन्नुभयो,“चिकित्सक पेशा नै यस्तो हो जहाँ बिरामीलाई निको बनाएर जीवन दिनु र उहाँका परिवारमा खुशी दिनुसँग जोडिन्छ, त्यहीभित्रको आनन्दले पेशाप्रति सधैँ गर्व लाग्छ, पछिल्लो समय कोरोना भाइरसबाट बागलुङमा पनि दुई सङ्क्रमित देखिए, पर्याप्त पूर्वाधारविना नै उहाँहरुलाई भर्ना गरेर सफल उपचारपछि घर फर्काउन सफल हुँदाको पलले सन्तुष्ट मिलेको छ ।”

डा पोखरेलले त्यो क्षण सम्झदै भन्नुभयो, “चैत १५ गते बागलुङ नगरपालिका वडा नं ४ कि अंशुको स्वाबको परीक्षण पोजेटिभ आयो । धौलागिरि अस्पताल कोरोनाको ‘डेडिकेटेट’ अस्पताल थिएन, आवश्यक उपकरण पनि थिएन, सबैभन्दा पहिले आवश्यक पिपिई पनि हामीसँग थिएन, एकछिन त के गराँै, कसो गरौँ भयो । प्रमुख जिल्ला अधिकारीलगायतसँग बैठक बस्यौँ, पोखरा, काठमाडौँका चिकित्सकसँग सल्लाह पनि ग¥याँै, उहाँहरुले सकेसम्म उत्तै उपचार गरे हुन्थ्यो भन्ने आशय व्यक्त गर्नुभयो । धेरै नै ढिला हुने जस्तो भएपछि मैले बागलुङमै भर्ना गर्ने निर्णय गरें, जोखिम मोेलेर जुन कदम चालियो अन्ततः सफल भयो”, उहाँले भन्नुभयो, “तत्कालको निर्णयले पनि सबै राम्रो भयो, बागलुङ जिल्ला अहिले ग्रिन जोनमा पर्न सफल भएकामा खुशी लागेको छ ।” उहाँले अंशु भर्नापछि मात्र प्रदेश सरकार र सङ्घीय सरकारबाट पिपिई आएको जानकारी दिनुभयो ।

“हामीसँग पिपिईसमेत थिएन, स्थानीय स्रोत साधनको उपयोग गरेर बनाएका केही थान पिपिई थिए तर कोरोनाको लागि भरपर्दो थिएनन् । अंशुको अस्पतालको आइसोलेशन उपचाररत रहिरहँदा बागलुङकै ६५ वर्षीय महिलामा पनि सङ्क्रमण देखियो, उहाँलाई पनि हामीले अस्पतालमा भर्ना ग¥र्यौं, दैनिक डाक्टर, नर्स र सहयोगीले उहाँहरुको स्वास्थ्य निगरानीमा खटिनुभयो ।” डा पोखरेलले भन्नुभयो, “यो सफलतामा डा प्रदीप श्रेष्ठ, डा मछिन्द्र लामिछाने, डा पुजन बल्ल, डा मिलन श्रेष्ठ, डा दीपक मगराँतीलगायत अन्य डाक्टर, नर्स र सहयोगी सबैको उत्तिकै योगदान छ ।”

उपचारका क्रममा अंशुमा त्यस्तो स्वास्थ्य समस्या नदेखिएको तर मनकुमारीले भने नियमित दमको औषधि सेवन गर्दै आउनुभएको र अस्पताल आएपछि उच्च रक्तचापको समस्या देखिएको बताउनुभयो । “उहाँले शुरुमा रक्तचापको औषधि खान मान्नुभएन, हामीले विशेष अनुरोध गरेर सम्झाएपछि बल्ला औषधि सेवन गर्नुभयो र विस्तारै उहाँको अवस्था सामान्य हुँदै आयो ।”

उपचारमा मनोचिकित्सक धीरेन्द्र पौडेलको भूमिका पनि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । “मनोपरामर्शबाट पनि उहाँहरुको आत्मबल बढाउन सक्रिय रह्यौँ चिकित्सक एवं स्वास्थ्यकर्मीको आग्रहलाई उहाँहरुले पनि पूर्ण पालना गर्नुभयो । यसले हामीलाई पनि सहज बनायो र उहाँहरुको स्वास्थ्यलाभ हुँदै गयो ।” “चैत १५ गते भर्ना गरिएकी अंशुभन्दा चैत २० गते भर्ना हुनुभएको मनकुमारी १७ दिनमा कोरोना नेगेटिभ आयो तर अंशुमा पोजेटिभ देखियो यसले अंशुमा असर पर्छ कि भनेर हामीले विशेष सतर्कता अपनाएर, मनोचिकित्सकसहितको टोली मनोपरामर्शमा जुट्याँै ।” अन्ततः पाँचौँ पटकमा नेगेटिभ आयो र छैठौँ पटक पनि नेगेटिभ आएपछि उहाँ पनि घर जानुभयो ।
चिकित्सक पोखरेलले रोग प्रतिरोधात्मक क्षमताकै कारण एकको छिटो र अर्कोको ढिलो नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो ।

“रोग प्रतिरोधात्मक क्षमताले नतिजा एकको छिटो र अर्को को ढिला आएको हो, उहाँहरुलाई हामीले अझै पनि होम आइसोलेशनमा बस्न आग्रह गरेका छाँै । धेरैले पुनःसङ्क्रमण हुने, नहुनेबारेमा जिज्ञासा पनि राख्नुभएको छ, पूर्णरुपमा हामीले सङ्क्रमण हुँदैन भन्न त सक्दैनौँ, तर हुने सम्भावनका निकै न्यून हुन्छ ।”उहाँले भन्नुभयो ।

धौलागिरि अस्पतालमा अहिले भेन्टिलेटरसहित सघन उपचार कक्षको काम पनि अघि बढेकाले अब अन्य बिरामीका लागि पनि विशेष सेवा दिन सक्षम रहेको जनाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धौलागिरि अस्पतालका मेसु गोरखा दक्षिण बाहुको दाबेदार भएको बताउनुुभएको छ । उहाँले पोखराका पत्रकारसँगको कुराकानीमा भन्नुभयो, “बागलुङमा कोरोना सङ्क्रमण देखिएपछि मै हुँ, भन्ने डाक्टर पनि डराए तर, धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले भने बागलुङमै भर्ना गरेर उपचार गर्छु”, उहाँले भन्नुभयो, “बागलुङका डाक्टर, नर्स विशेष धन्यवादको पात्र हुनुहुन्छ, डा शैलेन्द्र, प्रदीप श्रेष्ठ, नर्स दिदीबहिनी र चिकित्सक सबैलाई म धन्यवाद दिन चाहन्छु, उहाँहरुले आँट देखाउनुभयो र उपचार सम्भव भयो ।”

उहाँले प्रशन्न हुँदै भन्नुभयो, “अहिले गोदबा (गोरखा दक्षिण बाहु) पाउने स्थिति भएको भए त गोदबा प्रथम पाउने डा पोखरेल हुनुहुन्छ । ” मुख्यमन्त्री गुरुङले बागलुङका दुई सङ्क्रमित निको भएपछि गण्डकी प्रदेश तत्काल कोरोनाको रेड जोनबाट ग्रिन जोनमा पुगेको तर अझै सतर्कता भने आवश्यक रहेकामा जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group