ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस परीक्षण गर्ने बाटो खुल्यो, सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको परीक्षण


एबीसी न्यूज
१५ बैशाख २०७७, सोमबार   ६ : १०   बजे

काठमाडौं, १५ वैशाख । सरकारले नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धि मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड—१९ परीक्षण नीजि प्रयोगशालाले पनि गर्न सक्ने बाटो खोलेको हो ।

सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमित लिएर नीजि प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यस्तै सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी वीरगञ्जमा ३१ जना उपचाररत रहेका छन् । यसैरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो । कोरोनालाई दोस्रो चरणमा नै सिमित राख्न लक डाउनको पूर्ण पालना र क्वारेन्टाइनमा व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४ सय ७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९ सय ६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५ सय ४५, प्रदेश नम्बर २ मा ५ हजार २ सय ८ र बागमती प्रदेशमा ७ हजार ६ सय २६ वटा परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश नम्बर ५ मा ३ हजार ४ सय ७१ र कर्णाली प्रदेशमा ५ हजार १ सय २८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले २० हजार १ सय ९५ जना देशभरी क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १ सय ६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group