ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु


एबीसी न्यूज
१६ बैशाख २०७७, मंगलबार   ११ : ५१   बजे


काठमाडौं, १६ बैशाख । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार अदालतले आजदेखि नयाँ रिट निवेदन दर्ता र सुनुवाइ शुरु गरेको हो । सर्वोच्च अदालतको यही वैशाख १४ गते प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको पूर्ण बैठकले आजदेखि रिट निवेदन दर्ता र सोको सुनुवाइ शुरु गर्ने निर्णय गरेको थियो ।

विपद्मा सामाजिक दूरी कायम गरी सुरक्षाप्रति सावधानी अपनाउनुपर्ने भएकाले रिट निवेदन दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानून व्यवसायी तथा कर्मचारीसमेत आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन अदालत प्रशासनले मिलाउने तयारी गरेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भइरसको सम्भावित सङ्क्रमणबाट जोगिन सर्वोच्च अदालतको गत चैत ७ गते बसेको पूर्ण बैठकले अतिआवश्यक निवदेन बन्दीप्रत्यक्षीकरण र महामारीसम्बन्धी मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो । गत चैत १८ गतेको पूर्ण बैठकले केही आंशिक काममा वृद्धि गरेको थियो । आजदेखि भने रिट निवेदन दर्ता र सुनुवाइसमेत शुरु गरेको छ । नेपाल बार एशोसिएशनले सोमबार आकस्मिक बैठक बसेर प्रेस विज्ञप्ति जारी गरी कानून व्यवसायी र सेवाग्राहीलाई आवागमनमा कठिनाइ हुने भन्दै सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयको विरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group