ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैको प्रयासबाट कोरोना रोकथाममा सफलता – मन्त्री ढकाल


एबीसी न्यूज
१८ बैशाख २०७७, बिहिबार   ७ : १९   बजे


काठमाडौँ, १८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्राष्ट्रिय समितिले नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री ढकालले सम्पूर्ण नागरिकको सहयोगका कारण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त भएको बताउनुभएको हो । उहाँले कोरोनाविरूद्धको लडाइँमा तुलनात्मक रूपमा नेपालको अवस्था अन्य देशको भन्दा माथि रहेको बताउँदै यसमा सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था र विदेशमा रहेका शुभेच्छुकको सहयोग तथा ऐक्यबद्धताको योग रहेको उल्लेख गर्नुभयो ।

मन्त्री ढकालले भन्नुभयो, “सबैको प्रयासका कारण मुलुकमा ठूलो क्षति हुन पाएको छैन । नेपालसहित एशियाको १० राष्ट्रमा यस सङ्क्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु हुन पाएको छैन । सामान्यतः अन्य मुलुकमा औसत परीक्षणमा पनि हामी राम्रै गरिरहेका छौँ । बिरामीहरूमध्ये १६ जना घर फर्किसक्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

उहाँले कोरोनालाई नेपाल भित्रन नै नदिने प्रयास स्वरुप समयमै लकडाउनको निर्णय लिएर राम्रो गरिएको बताउँदै जोखिमको समयमा पीडा सहेर भए पनि नागरिकले साथ दिएको तथा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पनि अभावका बीचमा काम गरेकाले महामारीको रुप लिन नसकेको जनाउनुभयो ।

मन्त्री ढकाललाई एनआरएनए अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष सोनाम लामाले छिमेकी चीनबाट ल्याएका पिपिई, केएन ९५ मास्कलगायत विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu