ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : ३३ लाख ९८ हजारबढी संक्रमित ,ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो (कहाँ कति प्रभावित सूचिसहित)


एबीसी न्यूज
२० बैशाख २०७७, शनिबार   ६ : २९   बजे

काठमाडौं, २० बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४४३ पुगेको छ ।

४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ९८ हजार ४५८ मानिस संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

शनिबार बिहानसम्म २० लाख ७८ हजार ९१४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३५५ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना संक्रमित भएका छन् ।

त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ९९ हजार ६३ जना संक्रमित छन् । एकै दिन २५ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन् ।  १ लाख ३७ हजार ४०९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ लाख १९ हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ४२ हजार २४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये १८ हजार ०२७ को अवस्था गम्भीर छ ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजार ८४१ पुगेको छ । अहिलेसम्म १८ हजार ९६१ ले ज्यान गुमाएका छन् । २ लाख ७५ हजार ५३२ जना उपचारपछि फर्किएका छन् । २ लाख ३९ हजार ९०८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ६२८ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा १२ लाख २४ हजार ९४० जना संक्रमित भएका छन् । ७१ हजार ७७५ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख ५३ हजार ३८९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १७ हजार ७२७ जनाको अवस्था गम्भीर छ । १ लाख ९९ हजार ७७६ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ९० हजार ९९ जनामा संक्रमण देखिएको छ । ९ हजार ४८० जनाले ज्यान गुमाएका छन् । ६३ हजार ९०५ जना निको भएका छन् भने १ लाख १६ हजार ७१४ जना उपचाररत छन् । ९ हजार ८१२ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ४१ हजार ४४६ संक्रमित भएका छन् । १ हजार ६९१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३४८ जना संक्रमित भएका छन् । ११२ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्‍याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार ८९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group